गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या ७ सय २९ पुगेको छ । यो प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार लमजुङमा ५ जना, पर्वतमा १, स्याङ्जामा ७ जना, कास्कीमा ५ जना, यस्तै गोरखामा १, नवलपुरमा ३, बाग्लुङमा ९ र तनहुँमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार वालिङ नगरपालिकामा ३० महिना बालिकासहित ५ जनामा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

यस्तै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका १ जना र आँधीखोला गाउँपालिकाका १ जनामा पनि कोरोना संक्रमण भएको छ ।

यस्तै लमजुङको मध्यनेपाल नगरपालिकाका ४ जना पुरुष र बेशीशहर नगरपालिकाकी एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
बाग्लुङका बरेङ गाउँपालिकामा ८ जना र जैमिनी गाउँपालिकाका एक जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिकामा पनि २ महिला र एक पुरुषमा कोरोना संक्रमण देखिएको छ भने मादी गाउँपालिकाका एक महिला र १ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै नवलपुरको गैंडाकोट नगरपालिकाका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार पर्वतको कुश्मा नगरपालिका, तनहुँको देवघाट गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिकाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सबै संक्रमितलाई सम्बन्धित जिल्लाहरुका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ८ : २० बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको