विदेशबाट आज १ हजार १६३ नेपालीको उद्धार गरिँदै, कुन देशबाट कति ? ( सूचीसहित) « Khabarhub

विदेशबाट आज १ हजार १६३ नेपालीको उद्धार गरिँदै, कुन देशबाट कति ? ( सूचीसहित)


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुधबार विभिन्न मुलुकबाट १ हजार १६३ जना नेपालीको उद्धार गरिने भएको छ ।

विमानस्थल स्रोतका अनुसार बुधबार पनि विभिन्न मुलुकबाट नेपाली लिएर विदेशी र स्वदेशी विमानले उडान भर्नेछन् ।

आज हिमालयन एयरलाइन्सले साउदीको दमामबाट १५८ यात्रु लिएर फर्किनेछ । त्यसैगरी स‌ंयुक्त अरब इमिरेट्स यूएईबाट हिमालयन एयरलाइन्सले १५५ यात्रु ल्याउने छ ।

यसैगरी कुवेतबाट हिमालयलन एयरलाइन्सले १५४ जना यात्रु ल्याउने छ ।

नेपाल एअरलाइन्सको विमानले साउदीको जेद्दाबाट २६० समस्यामा परेका नेपाली लिएर आउँदै छ भने

आज कुबेतबाट १ सय ५० जना फर्किेन कार्यतालिका छ । कुवेतबाट जजिरा एयरको चार्टर्डमार्फत उनीहरुलाई नेपाल फर्काउन लागिएको वमानस्थल जनाएको छ ।

त्यसैगरी अमेरिकाबाट आज २८२ जना यात्रु लिएर टर्किस एयरलाइन्सको विमान नेपाल आउने भएको छ । विमानस्थलका अनुसार मलेसियाबाट मलेसिया एयरलाइन्सले ४ जना यात्रु लिएर आउने छ ।

सरकारले कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको प्राथमिकताका आधारमा उद्दार कार्यलाई निरन्तरता दिँदै आएको छ ।

 

यस्तो छ कार्यतालिका

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ९ : २२ बजे

लुम्बिनी प्रदेशसभा बैठक : समसामयिक विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठकमा सङ्घीय र प्रदेश सरकारसँग सरोकार राख्ने

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको