नेपालमा मनसुनको नयाँ प्रणाली, आजदेखि भारी वर्षा हुन सक्ने « Khabarhub

नेपालमा मनसुनको नयाँ प्रणाली, आजदेखि भारी वर्षा हुन सक्ने


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज (बुधवार) देखि नेपालमा लगातार झरी पर्ने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट बढी मात्रामा जलवाष्पयुक्त हावा भित्रिन थालेका कारण नेपालमा मनसुनको नयाँ प्रणाली शुरु भएको छ ।

बंगालको खाडीबाट नेपालको पूर्वी क्षेत्रबाट भित्रिरहेको र मनसुनको न्यूनचापीय रेखा बनेको छ । पूर्वका झापा, मोरङ, सुनसरी, धनकुटा लगायतका क्षेत्रमा निरन्तर झरी पर्न सक्ने बताइएको छ ।

केही दिनदेखि नेपालका धेरै स्थानमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले बुधवार पनि बिहानैदेखि पानी पर्न सक्ने बताएको छ ।

महाशाखाका अनुसार देशका धेरै स्थानमा हल्का र मध्यम वर्ष हुनसक्ने छ । महाशाखाले गण्डकी प्रदेश, कर्णाली प्रदेश, प्रदेश १, र प्रदेश २ मा भारी वर्षा हुनसक्ने भन्दै शतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार बिहीवार प्रदेश १ र प्रदेश २ मा भारी वर्षा हुनसक्ने छ भने प्रदेश ५ का केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।

यस्तै शुक्रवार पनि देशभर हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  १० : ०८ बजे

लुम्बिनी प्रदेशसभा बैठक : समसामयिक विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठकमा सङ्घीय र प्रदेश सरकारसँग सरोकार राख्ने

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको