नेकपाको स्थायी कमिटी बैठक सुरू, तय गरियो ५ एजेन्डा « Khabarhub

नेकपाको स्थायी कमिटी बैठक सुरू, तय गरियो ५ एजेन्डा


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरैबाट बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकका लागि विभिन्न ५ एजेन्डा तय गरिएको छ । बैठकमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकका बारेमा धारणा राख्नेछन् । त्यसै सरकारका कामका बारेमा पनि समीक्षा हुनेछ ।

सरकारले गरेको काममध्ये कोविड १९ नियन्त्रण रोकथाम र उपचारका क्रममा सरकारले गरेको कामका बारेमा आजको बैठकमा छलफल हुनेछ ।

त्यस्तै नेपालको सीमा समस्या र समाधानका क्षेत्रमा भइरहेको कामका बारेमा पनि समीक्षा हुने एजेन्डा तय गरिएको छ ।

त्यस्तै बैठकमा पार्टी एकताका बाँकी कामलाई टुंग्याउने विषयमा पनि छलफल हुने छ । बैठकमा अमेरिकी अनुदान सहयोग एमसीसीका विषयमा पनि कुराकानी हुनेछ ।

Image may contain: text

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ११ : ५३ बजे

लुम्बिनी प्रदेशसभा बैठक : समसामयिक विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठकमा सङ्घीय र प्रदेश सरकारसँग सरोकार राख्ने

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको