किन छुटेको थियो सुशान्त र अंकिता लोखन्देको सम्बन्ध ? « Khabarhub

किन छुटेको थियो सुशान्त र अंकिता लोखन्देको सम्बन्ध ?


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – केही समयअघि भारतीय अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरे । उनको आत्महत्याले बलिउड स्तब्ध बनेको छ । साथै बलिउडमा नातावाद हाबी भएको भन्दै बहस पनि शुरु भएको छ ।

यतिबेला सुशान्त सिंहको जीवनमा आएकी अंकितासँगको सम्बन्धको पनि बलिउडमा चर्चा हुन थालेको छ । यी दुईको भेट टिभी धारावाहिक पवित्र रिस्ताको छायांकनका दौरान भएको थियो । दुवै छिट्टै नजिक भए सुशान्तको कुराकानी अंकितालाई मन पर्न थाल्यो । सुशान्त पनि अकिंतातर्फ आकर्षित भए ।

मित्रता प्रेममा बदलिन धेरै समय लागेन । दुवैले एकअर्कालाई मन पराउन थाले । टिभी शो पनि सुपरहिट भयो ।

यी दुईले आफ्नो सम्बन्धको बारेमा धेरै खुलासा गरेनन् । न त लुकाए नै । साथै घुम्ने, छुट्टी मनाउने र रमाइलो गर्ने गरेका तस्वीर पनि शेयर गरे ।

फ्यानबीच चर्चा चल्न थाल्यो कि, यी दुई कहिल्यै छुट्ने छैनन् । यी दुई ६ वर्ष सँगै रहे ।

अचानक सन् २०१६ मा यी दुईको सम्बन्धमा खटपटी आउन थाल्यो । पछि यी दुई अलग भए । फ्यानलाई अझै पनि लागिरहेको थियो, प्रेममा खटपट हुन्छ । फेरि नजिक हुनेछन् । तर, त्यस्तो भएन ।

सुशान्तले आफ्नो करिअरलाई महत्त्व दिन चाहन्थे । उनी मान्थे कि, बिहे ग¥यो भने काममा ध्यान जाने छैन । सहमतिमा नै यी दुई छुट्टिए ।

अंकितासँग अलग भएपछि सुशान्तको नाम कृति सेनन, सारा अली खान र रिया चक्रवर्तीसँग पनि जोडियो । यी सम्बन्धले पहिलेको जस्तो चर्चा कमाएनन् ।

सुशान्तका साथीले उनले चोखो माया अंकितासँग गरेको दाबी गर्छन् । यदि अंकिता भएको भए सुशान्तलाई सम्हाल्ने साथीहरु दाबी गर्छन् ।

अकिंताको घरमा अझै पनि नेमप्लेट छ, जुन उनले सुशान्तसँग बनाएकी थिए । दुवैको नाम उक्त नेमप्लेटमा लेखिएको छ । अंकितालाई सधै लागेको थियो कि, एकदिन सुशान्त फेरि आफ्नो जिन्दगीमा आउनेछन् ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ३ : ५१ बजे

सुनसरीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी- सुनसरीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको

रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?

काठमाडौं- एक महिनायता बजारमा ग्यासको हाहाकार भइरहेका बेला राष्ट्रिय स्वतन्त्र

रास्वपा सांसद्‍को माग : राहत कोष तत्काल परिचालन गरी अस्थायी आवास देऊ

काठमाडौं– रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण