‘नेपोटिज्म’ बहसबारे आलियाकी आमाको यस्तो प्रतिक्रिया « Khabarhub

‘नेपोटिज्म’ बहसबारे आलियाकी आमाको यस्तो प्रतिक्रिया


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा नेपोटिज्मबारे बहस शुरु भएको छ । केही सेलिब्रेटी र आफन्तले राजपूत नेपोटिज्मको शिकार भएको बताएपछि बलिउडमा यो विषयमा केही समयदेखि बहस सिर्जना भएको छ ।

यो बहस र फ्यानको आक्रोश सहन नसकेर केही सेलिब्रेटीले आफ्नो सामाजिक सञ्जाल बन्द नै गरेका छन् भने कतिले कमेन्ट गर्न नमिल्ने बनाएका छन् । यो लिस्टमा आलिया भट्ट पनि छिन् ।

फ्यानहरु सेलिब्रेटीमाथि खनिएका छन् ।

आलिया भट्ट सामाजिक सञ्जालमा शिकार भइरहेका बेला उनकी आमाले आलियाको समर्थनमा लेखेकी छिन् । आलियाकी आमा सोनी राजदानले पनि नेपोटिज्मको विषयमा सवालजवाफ गरेकी छिन् ।

सोनीले ट्वीटमार्फत हंसल मेहताको जवाफ दिँदै यसबारेमा आफ्नो धारणा राखेकी छिन् ।

सोनीले भनेकी छिन्, ‘कुनै चर्चित व्यक्तिका छोराछोरी हुँदैमा दर्शकलाई तपाईंसँगभन्दा बढी आशा हुन्छ, यो पनि हो कि, जो आज भाइ भतिजावादका बारेमा बोलिरहेका छन्, उनीहरुका पनि आफ्ना बच्चा होलान्, यदि उनीहरु यो क्षेत्रमा आउन चाहे भने के रोक्नेछन् ?’

हंसल मेहताले सोनीको भनाइमा समर्थन जनाएका छन । उनले यो बहसलाई व्यापक बनाउनुपर्ने समेत बताएका छन् ।

नेपालमा पनि नातावाद (नेपोटिज्म) हावी भएको भन्दै बहस सिर्जना भएको थियो । कतिपयले नेपालमा नातावाद हाबी भएको तर्क गरे भने कतिले नेपालमा बलिउडमा जस्तो नेपोटिज्म नभएको प्रतिक्रिया दिए ।

यद्यपि नेपालमा भने नेपोटिज्ममाथि व्यापक बहस नहुँद‍ै चर्चा सेलायो ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ६ : ०४ बजे

सुनसरीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी- सुनसरीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको

रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?

काठमाडौं- एक महिनायता बजारमा ग्यासको हाहाकार भइरहेका बेला राष्ट्रिय स्वतन्त्र

रास्वपा सांसद्‍को माग : राहत कोष तत्काल परिचालन गरी अस्थायी आवास देऊ

काठमाडौं– रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण