भिसा लिन झुटो विवरण दिएको अभियोगमा अमेरिकामा तीन चिनियाँ नागरिक पक्राउ « Khabarhub

भिसा लिन झुटो विवरण दिएको अभियोगमा अमेरिकामा तीन चिनियाँ नागरिक पक्राउ


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भिसा लिने क्रममा झुटो विवरण प्रस्तुत गरेको अभियोगमा अमेरिकाले तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

चिनियाँ सुरक्षा निकायसँगको सम्बद्धताबारे भिसा लिने क्रममा झुट बोलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको बताइएको छ । भिसा लिने चार जनामध्ये एक जनाको खोजी भइरहेको संघीय अनुसन्धान व्युरो (एफबीआई) ले जनाएको छ ।

चौथो व्यक्ति सन फ्रान्सेस्को स्थित चिनियाँ वाणिज्य दूतावासमा रहेको दाबी गरिएको छ । चिनियाँ सैनिकसँग अघोषित सम्बन्ध रहेको आशंकामा एफबीआईले अमेरिकाका २५ शहरका अरु मानिसहरुबारे पनि सोधपुछ गरेको छ ।

आर्मीका वैज्ञानिकहरुलाई अमेरिका पठाउने अभियान अन्तर्गत चीनले उनीहरुलाई सैन्य सम्बद्धताबारे जानकारी नखुलाई भिसा लिन लगाएको अमेरिकी अधिकारीको दाबी छ ।

चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए) का सदस्यहरुले आफ्नो वास्तविकत सम्बद्धता नखुलाई अनुसन्धान भिसाका लागि निवेदन दिएको अमेरिकाको न्याय विभागका न्यायाधीवक्ता जोन सी डेमेर्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकाले बुधबार ह्युस्टनमा रहेको चिनियाँ वाणिज्य दूतावास बन्द गर्नका लागि ७२ घण्टाको अल्टिमेटमसमेत दिइसकेको छ । यसले दुइ मुलुकबीचको सम्बन्धमा अझ बढी तनाव चुलिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ६ : १४ बजे

जेनेभामा इरान वार्ता : क्षेप्यास्त्र विवाद ओझेलमा

जेनेभा– नयाँ द्वन्द्व टार्ने प्रयासस्वरूप अमेरिका र इरानबीच स्विट्जरल्यान्डको जेनेभामा

नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं– नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा

मिथिलाञ्चलको गाउँगाउँमा जोगिरा सुरु

जलेश्वर– होली पर्वको आगमनसँगै मिथिलाञ्चलका गाउँगाउँमा ‘जोगिरा’  (एक प्रकारको होलीको

यसअघि निर्माण भएका पूर्वाधारमा गुणात्मक सुधार गर्छु : राजन भट्टराई

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन

आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो : आयोग

काठमाडौं– केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा