फरार तीन अभियुक्त पक्राउ « Khabarhub

फरार तीन अभियुक्त पक्राउ


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले विभिन्न मुद्दामा संलग्न रही फरार  रहेका तीन अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रदेश प्रहरीको विशेष टोलीले कर्तव्य ज्यान, जबर्जस्ती करणी र अनादर चेक मुद्दामा संलग्न रहेको ठहर गरी जिल्ला अदालतबाट फैसला भई कैद र जरिवाना भुक्तानी नगरेका अभियुक्तलाई पक्राउ गरेको हो ।

उनीहरूलाई यही साउन ५, ६ र ७ गते पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

उनका अनुसार कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद तोकिएका दुल्लु नगरपालिका–१० दैलेखका विष्णुबहादुर थापालाई वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमलबाट पक्राउ गरी अदालतमा बुझाइएको छ ।

यस्तै जबर्जस्ती मुद्दामा तीन वर्ष कैद तोकिएका डुङ्गेश्वर गाउँपालिका–३ दैलेखका टोपबहादुर खत्रीलाई वीरेन्द्रनगर १२ चनौटे र चेक अनदार मुद्दामा दुई वर्ष जेल सजाय तोकिएका वीरेन्द्रनगर–१ सुर्खेतका नवराज शर्मालाई सोही स्थानबाट पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ७ : ३३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका