नयाँ प्रधानमन्त्री चुनौँ, अपराधको संरक्षण गर्ने न्यायाधीशमाथि  महाअभियोग लगाऔँ : बाबुराम भट्टराई « Khabarhub

नयाँ प्रधानमन्त्री चुनौँ, अपराधको संरक्षण गर्ने न्यायाधीशमाथि  महाअभियोग लगाऔँ : बाबुराम भट्टराई


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले  संसद अधिवेशन बोलाएर नेकपाबाट नयाँ प्रधानमन्त्री चुन्न तथा अपराधका संरक्षक न्यायाधीशलाई महाअभियोग लगाउन माग गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले देश गम्भीर संकटतिर गइरहेको उल्लेख गर्दै लोकतान्त्रिक ढंगले संकटमोचनका लागि केपी ओलीलाई प्रधानमन्त्रीबाट बिदा गरेर नेकपाबाटै अर्को प्रधानमन्त्री पर्ने उल्लेख गरेका छन्।

श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलापछि सर्वोच्च अदालतको चर्को आलोचना भइरहेका बेला भट्टराईले अपराधको संरक्षण गर्ने न्यायाधीशलाई पनि महाअभियोग लगाउन पर्ने माग गरेका छन् ।

यस्तै उनले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जानुपर्नेसमेत बताएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ९ : २२ बजे

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले

मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको