गर्मी कोठालाई यसरी शीतल बनाउनुहोस् « Khabarhub

गर्मी कोठालाई यसरी शीतल बनाउनुहोस्


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसममा दिनभर बाहिरको काम वा चर्को घामबाट राहत पाउन मानिस घरमा पुग्ने गर्दछन् ।

घरमा शीतल भएर गर्मीको थकान मेटाउने चाहना हुन्छ । तर घर छिर्दा समेत घरभित्र गर्मीले उकुस मुकुस हुन्छ । यस्तोमा मानिसको मस्तिष्कले पर्याप्त आराम पाउँदैन, दिक्क लाग्छ साथै शरीरमा आलस्यता समेत हुने गर्दछ । त्यसैले गर्मी मौसममा घरको कोठा शीतल पार्न आवश्यक हुन्छ । तर कसरी ?

१. घरको कोठा शीतल राख्न घरका सबै झ्याल, ढोकाहरु खुला राख्नु पर्दछ ।
२. गर्मी मौसममा झ्याल र ढोकामा पातलो र पारदर्शी जाली भएको पर्दा लगाउनु पर्दछ ।
३. घरमा उज्यालो रंगको पर्दा र संम्भव अनुसार भित्तामा उज्यालो रंग लगाउनु पर्दछ ।
४. बेडमा सुतीको पातलो तन्ना प्रयोग गर्नु पर्दछ ।
५. कोठा सकेसम्म खुल्ला राख्नु पर्दछ । अनावश्यक धेरै सामग्री राख्नु हुँदैन ।
६. एकै स्थानमा धेरै सामग्री राख्दा पनि यसले कोठामा गर्मी बढाउने गर्दछ ।
७. कोठा भित्र इनडोर प्लान्टलाई गमलामा राख्दा पनि यसले शीतला प्रदान गर्दछ ।
८. कोठामा भएका पंखा, एसि वा कुलरलाई मर्मत गरेर चालु अवस्थामा राख्नु पर्दछ ।
९. घर छिर्नासाथ हात खुट्टा धोएर केहिबेर खुल्ला ठाउँमा बस्नु पर्दछ ।
१०. घर छिर्दा केहि बेर आराम गरेर नुहाउदाँ पनि शरीरमा शीतलता प्राप्त हुन्छ ।

यद्यपी साँझको समयमा भने घरको मुख्य ढोकाहरु बन्द गर्नु पर्दछ । अन्यथा बाहिरका किरा, लामखुट्टे घरभित्र छिर्ने गर्दछन् ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  १० : १७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल