गर्मी कोठालाई यसरी शीतल बनाउनुहोस् « Khabarhub

गर्मी कोठालाई यसरी शीतल बनाउनुहोस्


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसममा दिनभर बाहिरको काम वा चर्को घामबाट राहत पाउन मानिस घरमा पुग्ने गर्दछन् ।

घरमा शीतल भएर गर्मीको थकान मेटाउने चाहना हुन्छ । तर घर छिर्दा समेत घरभित्र गर्मीले उकुस मुकुस हुन्छ । यस्तोमा मानिसको मस्तिष्कले पर्याप्त आराम पाउँदैन, दिक्क लाग्छ साथै शरीरमा आलस्यता समेत हुने गर्दछ । त्यसैले गर्मी मौसममा घरको कोठा शीतल पार्न आवश्यक हुन्छ । तर कसरी ?

१. घरको कोठा शीतल राख्न घरका सबै झ्याल, ढोकाहरु खुला राख्नु पर्दछ ।
२. गर्मी मौसममा झ्याल र ढोकामा पातलो र पारदर्शी जाली भएको पर्दा लगाउनु पर्दछ ।
३. घरमा उज्यालो रंगको पर्दा र संम्भव अनुसार भित्तामा उज्यालो रंग लगाउनु पर्दछ ।
४. बेडमा सुतीको पातलो तन्ना प्रयोग गर्नु पर्दछ ।
५. कोठा सकेसम्म खुल्ला राख्नु पर्दछ । अनावश्यक धेरै सामग्री राख्नु हुँदैन ।
६. एकै स्थानमा धेरै सामग्री राख्दा पनि यसले कोठामा गर्मी बढाउने गर्दछ ।
७. कोठा भित्र इनडोर प्लान्टलाई गमलामा राख्दा पनि यसले शीतला प्रदान गर्दछ ।
८. कोठामा भएका पंखा, एसि वा कुलरलाई मर्मत गरेर चालु अवस्थामा राख्नु पर्दछ ।
९. घर छिर्नासाथ हात खुट्टा धोएर केहिबेर खुल्ला ठाउँमा बस्नु पर्दछ ।
१०. घर छिर्दा केहि बेर आराम गरेर नुहाउदाँ पनि शरीरमा शीतलता प्राप्त हुन्छ ।

यद्यपी साँझको समयमा भने घरको मुख्य ढोकाहरु बन्द गर्नु पर्दछ । अन्यथा बाहिरका किरा, लामखुट्टे घरभित्र छिर्ने गर्दछन् ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  १० : १७ बजे

कालीकोटमा बजेट सार्वजनिक

मान्म– जिल्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन