कोरोनाबाट ८५ वर्षे वृद्धाको मृत्यु, नेपालमा मृतकको संख्या ४४ पुग्यो « Khabarhub

कोरोनाबाट ८५ वर्षे वृद्धाको मृत्यु, नेपालमा मृतकको संख्या ४४ पुग्यो


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज- थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत ८५ वर्षीया वृद्धाको कोरोनाबाट मृत्यु भएको हो ।

वीरगन्ज महानगरपालिका– ११ निवासी उनमा मुटु रोगको समस्या भएको र अहिले निमोनिया भएर अस्पताल भर्ना भएको अस्पताल डाक्टर उदय नारायण सिंहले खबरहलाइ बताए ।

कोरोना अस्पतालका इन्चार्ज डा. निरज सिंहका अनुसार शुक्रबार कोरोना अस्पतालमा मृत्यु भएकी महिला वीरगन्जकै एडभान्स मेडिकेयर हस्पिटलबाट बिहीबार रिफर भएर कोरोना अस्पताल आएकी थिइन् ।

ती वृद्धामा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना अस्पतलाको आइसियु कक्षमा उपचार गर्दागर्दै शुक्रबार बिहान पौने ७ बजे उनको मृत्यु भएको डा सिंहले‍ बताए ।

गत मंगलबार कोरोना अस्पतालमै उपचार गराइरहेका वीरगन्ज– ६ माईस्थानका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो । बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएपछि ७० वर्षीय वृद्धको बिहीबार नेपाली सेनाले अन्तिम संस्कार गरेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  २ : ३८ बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका