भोलि बिहानदेखि वीरगञ्जमा निषेधाज्ञा जारी गरिने « Khabarhub

भोलि बिहानदेखि वीरगञ्जमा निषेधाज्ञा जारी गरिने


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- वीरगन्जमा साउन १० गते अर्थात् भोलि शनिवार बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रवार दिउँसो बसेको बृहत् सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा देखिन थाले पछि स्थानीय प्रशासनले राजनीतिक दल व्यवसायी सहितको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको हो ।

यता शुक्रवार बिहान नारायणी अस्थायी कोरोना अस्पतालमा भर्ना भई उपचार गराईरहेकी वीरगञ्ज महानगरपालिका वडा नं.११ निवासी ८५ वर्षीया महिलाको मृत्यु भएको छ ।

मुटु रोगबाट ग्रसित ती बृद्ध महिला निमोनिया भएर अस्पतालमा उपचारका लागि भर्ना भएको चिकित्सक डा.निरज सिंहले जानकारी दिए ।

त्यस्तै मंगलबार कोरोना अस्पताल मैं उपचार गराई रहेका वीरगञ्ज महानगरपालिका वडा नं.६ माईस्थानका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो ।

कोरोना संक्रमण पुष्टि भए पछि ७० वर्षीय वृद्धको बिहीबार नेपाली सेनाले अन्त्येष्ठि गरेको थियो ।

पर्सा जिल्लामा यस अघि बिहीबार राति ३० जनामा कोरोना संक्रमण देखा परेसँगै संक्रमितको संख्या ७७ जना पुगेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ३ : ५६ बजे

प्रलोपाको अध्यक्ष परिषद् सदस्य सुदन किरातीले दिए राजीनामा

काठमाडौँ – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३