साम्राज्ञीविरुद्ध भुवनले दिए अदालतमा उजुरी « Khabarhub

साम्राज्ञीविरुद्ध भुवनले दिए अदालतमा उजुरी


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अभिनेता भुवन केसीले उजुरी दिएका छन् ।

उनले जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती मुद्दा दर्ता गराएका हुन् । अदालतका सूचना अधिकारी ज्ञानबहादुर शाहले साम्राज्ञीविरुद्ध उजुरी परेको बताए ।

यसअघि अभिनेता भुवन केसीले चलचित्र कलाकार संघमा पनि साम्राज्ञीले आफ्नो चरित्रहत्या गरेको भन्दै उजुरी दिएका थिए ।

यो मुद्दालाई कलाकार संघले नै मिलाउन खोजिरहेका बेला भुवनले अदालतमा उजुरी दिएका हुन् ।

केही समयअघि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले भुवन केसीलाई इंगित गर्दै ‘ड्रिम्स’ फिल्म शूटिङका क्रममा आफू ‘घिनलाग्दो दुर्व्यवहार’ को शिकार भएको बताएकी थिइन् ।

साम्राज्ञीले आरोप लगाए पनि भुवनले भने बारम्बार आफूले दुर्व्यवहार नगरेको बताउँदै आएका छन् ।

पछिल्लो समय भुवन र साम्राज्ञीको सामाजिक सञ्जालमा दोहोरी नै चलेको थियो । चलचित्र कलाकार संघमा उजुरी परेपछि कलाकार संघले साम्राज्ञीसँग लिखित जवाफ मागेको थियो ।

साम्राज्ञीले भने वकिलमार्फत यो बहसलाई अगाडि बढाउन नचाहेको र  मौखिक प्रतिक्रिया पठाएकी थिइन् ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ४ : २८ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता