विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड ५६ लाख नाघ्यो « Khabarhub

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड ५६ लाख नाघ्यो


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वमा शुक्रबारसम्म एक करोड ५६ लाख ६६ हजार ८४० जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी छ लाख ३६ हजार ७८७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार जानकारी दिएको छ ।

संक्रमितमध्ये हालसम्म ९५ लाख ५४ हजार ८९० व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५४ लाख ७५ हजार १६३ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६६ हजार १८४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४१ लाख ७० हजार १३१ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४७ हजार ३३३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३५ लाख ४५ हजार ४९७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ एक लाख २९ हजार २१६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४८ लाख ८९ हजार ४९७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख ३ हजार ८८७ जनाको मृत्यु भएको छ ।

युरोपमा २७ लाख ३६ हजार २५६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ५३१ को मृत्यु भएको छ । एसिया ३६ लाख ८२ हजार ५४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८६ हजार ६७ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा सात लाख ९२ हजार ४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६ हजार ७५६ जनाको मृत्यु भएको छ । ओसियानामा १५ हजार २९३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ५ : ३७ बजे

सुनसरी घटनाप्रति उपराष्ट्रपतिको चिन्ता, शान्ति र सद्भाव कायम गर्न अपिल

काठमाडौं–  उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीमा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त

सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न (तस्बिरहरू)

काठमाडौं–  गुरु पूर्णिमाको अवसरमा बुधबार काठमाडौंको महाबुद्ध महाविहारमा २४ वर्षमा

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

कर्णाली– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

इस्लामावाद- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर (पीओके)

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि