पहिरोले अवरुद्ध दमौली-डुम्रे सडक सञ्चालनमा « Khabarhub

पहिरोले अवरुद्ध दमौली-डुम्रे सडक सञ्चालनमा


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- बिहीबार रातिदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली-डुम्रे सडकखण्डमा आज दिउँसोदेखि साना सवारीसाधन सञ्चालनमा आएको छ।

बन्दीपुर गाउँपालिका-१ नाहालामा सडक भासिएपछि निर्माण गरिएको वैकल्पिक मार्गमा फसेका सवारीसाधन निकालेपछि साना सवारीसाधन आवतजावत हुन थालेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले सडक अवरुद्ध भएपछि रोकिएका साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन शुरु गरिएको जानकारी दिए।

“वैकल्पिक मार्ग हिलाम्य भएकाले ठूला सवारीसाधन फसेर बाटो अवरुद्ध भएको थियो, त्यसलाई हटाएपछि अहिले साना सवारीसाधन सञ्चालनमा आएको छ,” उनले भने, “ठूला सवारीसाधन अझै सञ्चालन हुनसक्ने अवस्था छैन।”

सो मार्ग मर्मत गर्नका लागि आज र भोलि ठूला मालवाहक गाडी सञ्चालनमा रोक लगाइएको छ। सो ठाउँमा एक ठाउँबाट जाने र अर्को ठाउँबाट आउन मिल्ने गरी सडक मर्मतको काम शुरु गरिएको छ। प्रहरीका अनुसार आँबुखैरेनीतर्फबाट आउने र दमौलीतर्फ जाने ठूला मालवाहक गाडीलाई प्रवेशमा रोक लगाइएको छ।

निरन्तर परेको वर्षाका कारण मङ्‍गलबार सडक नै भासिएपछि सवारी सञ्चालनमा कठिनाइ हुँदै आएको छ। बन्दीपुर गाउँपालिका-१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले सडक भासिएर वैकल्पिक मार्ग बनाइए पनि वैकल्पिक मार्गमै सवारी फस्न थालेपछि सडक अवरुद्ध हुन थालेको जानकारी दिए।

“वैकल्पिक मार्गलाई बलियो नबनाएसम्म सवारीसाधन सञ्चालनमा समस्या आउने भयो,” उनले भने।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ६ : ५४ बजे

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२