इंग्ल्यान्डविरूद्धको निर्णायक टेष्टमा पाकिस्तानको खराब प्रदर्शन « Khabarhub

इंग्ल्यान्डविरूद्धको निर्णायक टेष्टमा पाकिस्तानको खराब प्रदर्शन


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – घरेलु टिम इंग्ल्यान्डविरुद्धको निर्णायक टेस्टमा पाकिस्तानले खराब प्रदर्शन गरेको छ ।

साउथह्याम्पटनको द रोज बलमा टेस्टको तेस्रो दिन आइतबार पहिलो इनिङ्समा २ सय ७३ रन जोड्दा अल आउट भएपछि पाकिस्तान फलो अनमा परेको हो ।

अजहर अलीले अविजित रहदै १ सय ४१ रनको शतकीय इनिङ्स खेलेपनि इंग्ल्यान्डले पाकिस्तान ३१० रनले पछि पारेको हो ।

खराब प्रदर्शनबाट गुज्रिएको पाकिस्तानको इनिङ्सलाई अजहर अलीको शतकसँगै सम्मान जनक स्थितिमा पुगेको हो ।

अलीको शतकबाहेक पाकिस्तानका मोहम्मद रिजवानले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । फावद आलमले २१ तथा यासिर शाहले २० रन बनाए ।

इंग्ल्यान्डका जेम्स एण्डरसनले ५ विकेट लिए । स्टुवार्ड ब्रोडले २ तथा क्रिस वोक्स र डम बेसले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ५ सय ८३ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।

ब्याट्सम्यान ज्याक क्रोलीले दोहोरो शतक बनाएपछि इंग्ल्यान्डले उच्च स्कोर बनाएको थियो । क्रोलीले २ सय ६७ रनको दोहोरो शतकीय इनिङ्स खेले । टेस्टमा क्रोलीको यो पहिलो दोहोरो शतक हो ।

तीन खेलको सिरिजमा इंग्ल्यान्ड १-० ले अघि रहेको छ । दोस्रो टेस्ट वर्षाले बराबरी भएपछि यो टेष्टलाई निर्णायक मानिएको हो ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ६ : ३२ बजे

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका

कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं– कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी सञ्चालकलाई