आज सूर्य षष्ठी, यस्तो छ व्रत विधि र धार्मिक महिमा « Khabarhub

आज सूर्य षष्ठी, यस्तो छ व्रत विधि र धार्मिक महिमा


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सूर्य षष्ठी व्रत भाद्र शुक्ल पक्षको षष्ठी तिथिमा मनाइन्छ । यो पर्व भगवान सूर्यदेवको आराधना एवं पूजासँग सम्बन्धित छ ।

यस दिन भगवान सूर्यको पूजा अनि सूर्य गायत्री मन्त्र स्मरण गरिन्छ । जीवन,वनस्पतिमा तथा पृथ्वीका लागि सूर्य प्राय सबै थोक हो किनकी सूर्यकै उर्जाका कारण यहाँ सबै वस्तु अस्तित्वमा रहेका छन् ।

अतःयो दिन सूर्य भगवानको आराधना जुन श्रद्धालुले विधिवत तरिकाबाट गर्दछन् उसलाई पुत्र,धन,आरोग्य प्राप्ति हुन्छ । सूर्यदेवको शक्तिको उल्लेख वेद, पुराण र योग शास्त्र आदिमा विस्तार पूर्वक गरेको पाइन्छ ।

दिवोदासको भनाई अनुसार–भाद्रशुक्ल षष्ठिमा नुहाएर सूर्यको पूजा गर्नुपर्दछ । पूजा गर्नुपूर्व पञ्चगव्यप्राशन गर्नु पर्दछ ।

यसरी सूर्यपूजा गर्दा अश्वमेध यज्ञको फलप्राप्त हुन्छ ।

कल्परुतग्रन्थमा उद्धृत भविष्यपुराणको वचनमा भनिएको छ–भाद्रशुक्ल षष्ठीका दिन जसले दक्षिणापधमा विराजमान भगवान् स्कन्धको दर्शन गर्दछ त्यो व्रह्महत्या आदि पापबाट मुक्त हुन्छ ।

सूर्य षष्ठी व्रत विधि

सूर्यषष्ठीको दिन सूर्योदय भन्दा अगावै घर या घरको नजिक कुनै जलाशय, नदी, नहरमा नुहाउनु पर्दछ ।

नुहाएपछि सात प्रकारको फल, चामल, तिल, दूवो, चन्दन आदिलाई पानीमा मिसाएर उदाउदै गरेको सूर्यलाई अर्घ दिएर आराधना गरि शुद्ध घीउको दीयो बाल्नु पर्दछ । त्यस्तै कपूर, धूप, रातो फूल आदिबाट भगवान सूर्यको पूजा गर्नु पर्दछ ।

त्यस पछि सूर्य मंत्र १०८ पटक जप्नु पर्दछ । “ऊँ घृणि सूर्याय नमः“ अथवा “ऊँ सूर्याय नमः“ अथवा “आदित्य हृदय स्तोत्र“ को पाठ पनि गर्न सकिन्छ । त्यस पछि दिनभर सूर्यदेवको आराधाना गर्नुपर्दछ । यो दिन असक्त, गरीब तथा व्राह्मणलाई आफ्नो सामथ्र्य अनुसार कपडा, खाना, अन्य उपयोगी वस्तु दान दिनु पर्दछ ।

सूर्य षष्ठीको महत्व

सूर्यलाई प्राचीन ग्रन्थहरुमा आत्मा एवं जीवन शक्तिको साथसाथै आरोग्यताको कारक मान्ने गरिएको छ ।

पुत्र प्राप्तिको लागि पनि यो व्रतको महत्व मानिएको छ र यस व्रतलाई श्रद्धा तथा विश्वासपूर्वक बस्नाले पिता–पुत्रमा प्रेम भाव बनिन्छ ।

सूर्यको किरण बिना संसारमा कुनै पनि जीव अनि बनस्पति हुन्न थियो । प्राणिहरुमा शक्ति एवं प्रकाश उजागर सूर्यले नै गर्छ । सूर्यको उपासनाबाट शरीर स्वस्थ रहन्छ ।

सूर्य चिकित्साको उपयोग आयुर्वेदिक पद्धति तथा प्राकृतिक चिकित्सा पद्धतिमा गरिन्छ र शारिरिक दुर्बलता, हड्डिहरुमा कमजोरी या दुखाइहरुमा सूर्यको किरण द्वारा ठीक गरिन्छ ।

उदाउदो सूर्यलाई हेरेर सूर्य स्तुती गरेमा शारीरिक चर्मरोग आदि नष्ट हुन्छ ।

सूर्य षष्ठीको दिन जो व्यक्ति सूर्यको मन्त्र जप, स्तोत्र, कवच पाठ, पूजा उपासना तथा व्रत, दान, रातो फूल, बोट बिरुवाको सेवा, आँकको बिरुवा रोपेमा वा जुन सुकै सूर्यसँग सम्बन्धित धार्मिक तथा सामाजिक काम गरेमा समस्त व्याधि भाग्नेछ भन्ने धार्मिक विश्वास छ ।

ज्यो.दुर्गा भण्डारी ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ६ : ३६ बजे

राष्ट्रिय पब्जी मोबाइल च्याम्पियनसिपको फाइनल आज

काठमाडौं– नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्यांकन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम– मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज