सशस्त्र प्रहरीको गणपति तालिम शुरु, २८ नायव उपरीक्षकहरु सहभागी « Khabarhub

सशस्त्र प्रहरीको गणपति तालिम शुरु, २८ नायव उपरीक्षकहरु सहभागी


८ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा गणपति तालिम सञ्चालन भएको छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले तालिमको उद्घाटन गरेका हुन् ।

सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले मध्यम तहका र प्रत्यक्ष रुपमा फिल्डमा खटिई बटालियन तहको नेतृत्व वहन गर्ने अधिकृतहरुलाई लक्षित पेशागत ज्ञान, व्यावसायिक दक्षता एवं नेतृत्व क्षमतामा अभिबृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए ।

उनले यस्ता तालिमबाट प्राप्त ज्ञान, कला र कौशलको उपयोग गरी सशस्त्र प्रहरी अधिकृतहरुले कार्यक्षेत्रमा आईपर्ने विविध चुनौतीहरुलाई परास्त गर्दै आत्मविश्वासका साथ चुस्त रुपमा कार्यसम्पादन गर्न कृयाशील रहनुपर्ने बताए ।

उनले यस किसमका तालिमले सशस्त्र प्रहरी अधिकृतहरुको वृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिए ।

तालिममा प्रशिक्षार्थीहरुलाई स्टाफ ड्युटिज, कमाण्ड एण्ड म्यानेजमेन्ट, ट्याक्टिस, सुरक्षा, विभिन्न ऐन नियमहरु तथा संगठनको कामकारवाही लगायतका विविध विषयहरुमा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण दिइने छ ।

करीब दुई महिना अवधिको उक्त तालिममा २८ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ९ : ०० बजे

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका