सिन्धुपाल्चोकका बाढी-पहिरो पीडितलाई स्थानान्तरण गरिने « Khabarhub

सिन्धुपाल्चोकका बाढी-पहिरो पीडितलाई स्थानान्तरण गरिने


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिन्धुपाल्चोकका बाढी र पहिरोबाट विस्थापितहरुलाई तत्काल अस्थाई बसोबासको व्यबस्था मिलाउँदै सुरक्षित स्थानमा स्थायी स्थानान्तरण गर्ने समझदारी बनेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको पहलमा आज सिंहदरबारमा भएको उच्चस्तरीय छलफलमा जोखिमयुक्त बस्तीहरुको प्राविधिक अध्ययन तथा पुनःसर्वेक्षण गर्ने, पहिरोबाट बेपत्ता भएकाहरुको खोजी जारी राख्दै थप राहत सामग्री उपलब्ध गराउने समझदारी भएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त बस्तीहरुको अध्ययनका लागि प्राविधिक टोली सिन्धुपाल्चोक पठाउने छ भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तत्कालीन राहतको व्यबस्था गर्नेछ । यस्तै जोखिमयुक्त बस्तीबाट स्थानान्तरण गरिने परिवारका लागि स्थानीय तहले सुरक्षित जग्गा व्यबस्थापको काम गर्ने छ ।

यस्तै छलफलमा जुरे पहिरो पीडितका लागि सर्वसाधारणबाट संकलन भई राज्यकोषमा रहेको रकम यथाशीघ्र निकासा गर्ने, सिन्धुपाल्चोकमा विस्थापितहरुको स्थायी बसोबासका लागि एकीकृत मोडेल बनाउने र अरनिको राजमार्ग तत्काल सञ्चालनमा ल्याउने निर्क्यौल गरिएको छ ।

छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री डा.युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, वसन्त कुमार नेम्बाङ, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद शेरबहादुर तामाङ लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, बागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री अरुण नेपाल, बागमती प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्की, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङ उपस्थित थिए ।

छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सिन्धुपाल्चोक सहइन्चार्ज माधव सापकोटा, बाह्रविसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पा, जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलको पनि उपस्थिति रहेको थियो ।

सिन्धुपाल्चोक जिल्लामा २०७७ साल असार र साउन महिनामा मात्र बाढी र पहिरोका कारण ५४ जनाको मृत्यु भएको छ भने २६ बेपत्ता छन । त्यसैगरी १ सय ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ९ : २० बजे

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका

इन्डोनेसियाले ७५० सरकारी कम्पनी बन्द गर्ने

जकार्ता- इन्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका ७५० भन्दा

मन्त्री मेहतासँग युएनएफपिएका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या

‘विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ’

सुदूरपश्चिम– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतमा कम विकास भएका

अब कर्मचारीले वैदेशिक भ्रमण गर्नुपूर्व प्रधानमन्त्री कार्यालयको स्वीकृति लिनुपर्ने

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई