ओमानले १ अक्टोबरदेखि नेपालीसहित विदेशीलाई प्रवेश दिने « Khabarhub

ओमानले १ अक्टोबरदेखि नेपालीसहित विदेशीलाई प्रवेश दिने



दोहा – ओमानले १ अक्टोबर (असोज १५) देखि नेपालीसहित विदेशी आप्रवासी कामदारलाई प्रवेश अनुमति दिने भएको छ ।

ओमानको कोभिड-१९ सम्बन्धी सर्वोच्च समितिको २२ सेप्टेम्बरको निर्णय अनुसार आगामी १ अक्टोबर बाट लागु हुने गरी नेपाल लगायत विदेशबाट ओमान फर्किन सक्ने ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार ओमान फर्किन चाहने कामदारहरुले साबिकमा लिनुपर्ने परराष्ट्र मन्त्रालयबाट जारी हुने एप्रुभल लेटर लिनु पर्ने छैन ।

६ महिना (१८० दिन) भन्दा बढी अवधि ओमान बाहिर रहनेहरूको हकमा कम्पनीले फर्किन अनुमति दिएको कागजात ‘नो अब्जेक्शन लेटर’ लिएर मात्र ओमान प्रवेश गर्न पाइने दूतावासले जनाएको छ ।

ओमान सरकारको यो निर्णयसँगै अब विभिन्न समयमा विदामा नेपाल गएका तथा कोरोनाका कारण प्रतिबन्ध लगाएपछि रोकिएर बसेका नेपाली कामदारहरु ओमान फर्किन पाउने भएका छन् ।

अहिले ओमानबाट भिसा सकिएका र विभिन्न कारणले रोजगारी गुमाएका नेपालीहरु चार्टर्ड उडानमार्फत स्वदेश फर्किरहेका छन् ।

यो समाचार तयार पर्दासम्म ओमानबाट १ हजार ४ नेपाली स्वदेश फर्किसकेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ९ : ३५ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना