नेकपाका अध्यक्षद्वय ओली-प्रचण्डबीच छलफल « Khabarhub

नेकपाका अध्यक्षद्वय ओली-प्रचण्डबीच छलफल


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । मन्त्रिमण्डल पुनर्गठनको चर्चा चलिरहेका बेला दुई अध्यक्षको भेट भएको हो । भेटमा पार्टीको आन्तरिक गतिविधिसँगै मन्त्रिमण्डल पुनर्गठनका विषयमा पनि कुराकानी भएको बताइएको छ  ।

दुई नेताबीचको भेटावार्तामा हालका केही पुराना मन्त्रीहरुलाई बिदा गरेर नयाँलाई मन्त्री बन्ने अवसर दिने विषयमा कुराकानी भएको छ ।

मंगलबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले नै मन्त्रिपरिषद् पुनर्गठन अघि बढाउने निर्णय गरेको थियो। मन्त्रिमण्डल पुनर्गठनका लागि मापदण्ड बनाउने भनेपनि अहिलेसम्म तय नहुँदा कसलाई बिदा गर्ने भन्ने विषयमा पार्टी भित्र सहमति भएको छैन् ।

अहिले सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्रालय खाली छन्। यी दुवै मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओली आफैंले लिएका छन्। केही दिनअघिको सचिवालय बैठकले स्थायी कमिटीको निर्णयअनुसार मन्त्रिपरिषद् पुर्नगठन गर्ने निचोड निकालेको थियो।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  २ : २१ बजे

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा