नेकपाका अध्यक्षद्वय ओली-प्रचण्डबीच छलफल « Khabarhub

नेकपाका अध्यक्षद्वय ओली-प्रचण्डबीच छलफल


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । मन्त्रिमण्डल पुनर्गठनको चर्चा चलिरहेका बेला दुई अध्यक्षको भेट भएको हो । भेटमा पार्टीको आन्तरिक गतिविधिसँगै मन्त्रिमण्डल पुनर्गठनका विषयमा पनि कुराकानी भएको बताइएको छ  ।

दुई नेताबीचको भेटावार्तामा हालका केही पुराना मन्त्रीहरुलाई बिदा गरेर नयाँलाई मन्त्री बन्ने अवसर दिने विषयमा कुराकानी भएको छ ।

मंगलबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले नै मन्त्रिपरिषद् पुनर्गठन अघि बढाउने निर्णय गरेको थियो। मन्त्रिमण्डल पुनर्गठनका लागि मापदण्ड बनाउने भनेपनि अहिलेसम्म तय नहुँदा कसलाई बिदा गर्ने भन्ने विषयमा पार्टी भित्र सहमति भएको छैन् ।

अहिले सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्रालय खाली छन्। यी दुवै मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओली आफैंले लिएका छन्। केही दिनअघिको सचिवालय बैठकले स्थायी कमिटीको निर्णयअनुसार मन्त्रिपरिषद् पुर्नगठन गर्ने निचोड निकालेको थियो।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  २ : २१ बजे

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत

रमेश लेखकलाई बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको