कोरोनाबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या २४४ « Khabarhub

कोरोनाबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या २४४


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वव्यापी महामारी कोरोना भाइरसबाट नेपालबाहिर मृत्यु हुने नेपालीको सङ्ख्या २४४ पुगेको छ ।

कोरोना संक्रमणबाट यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ ।

विदेशका विभिन्न १७ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४४ पुगेको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाले जानकारी दिए । स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, स्पेन र भारत लगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ भने ब्राजिल र युगाण्डामा पनि नयाँ संक्रमण देखा परेको छ ।

समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् भने अमेरिका, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् ।

एनआरएनको तथ्यांकअनुसार विश्वभर १ लाख ८ सय ३१ जना नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ७९ हजार ७ सय ८२ जना कोरोना मुक्त भएका छन् ।

६९ हजार २ सय ८९ जनाको उद्धार

कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ ।

हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २ सय ८९ जनाको उद्धार गरेको जनाएको छ ।

समस्यामा परेका १ लाख ५० हजार नेपालीलाई सहयोग

अहिलेसम्म गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना महामारीका कारण समस्यामा परेका १ लाख ५० हजार गैरआवासीयलाई स्वास्थ्य समाग्रीदेखि खाद्यान्नसम्म सहयोग गरेको छ ।

संघका कोसाध्यक्ष महेश श्रेष्ठका अनुसार कोरोनाबाट विभिन्न मुलुकमा प्रभावित नेपालीहरुलाई राहत वितरणको कार्य निरन्तरत दिने क्रममा संघले गत हप्ता कुवेत र युएईमा रहेका गर्भवती र बालबालिकाहरुलाई राहत वितरण गरेको छ ।

त्यस्तै संघले कतार च्यारिटी र कतार रेडक्रसको सहकार्यमा करिब ७ हजार २ सय फुड प्याकेजहरु बाँडिएको श्रेष्ठले बताए । एनआरएनएले यसअघि नेपाल सरकारलाई पनि करिब २ करोड २० लाखको स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ५ : ०९ बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको