गोठ पुरिँदा बेपत्ता भएका पुरुषको शव फेला « Khabarhub

गोठ पुरिँदा बेपत्ता भएका पुरुषको शव फेला


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा – अविरल वर्षापछि गोठ भत्केर काठेखोला गाउँपालिका–२ भीमापोखरामा बेपत्ता भएका पुरुषको शव फेला परेको छ ।

बुधबार साँझ गोठमाथिबाट आएको पहिरोले भीमापोखराको बास्बोट भन्ने स्थानका ५४ वर्षीय टेकबहादुर खातीलाई बेपत्ता बनाएको थियो ।

आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले पहिरो पन्छाएर खोजी गर्दा उहाँको शव फेला परेको प्रहरी निरीक्षक दीपक रेग्मीले बताए ।

ढुङ्गामाटोको गोठ अचानक बुधबार साँझ भत्केको हो । गोठ भत्केको थाहा पाएपछि अक्षेतेस्थित प्रहरी चौकीका सहायक निरीक्षक विनय रेग्मीको नेतृत्व टोली बुधबार साँझनै घटनास्थल पुगेको थियो ।

आज जिल्लाको उद्धार टोली पुगेपछि मात्रै खातीको शव फेला परेको हो । गोठमा एक भैँसीसहित अन्य चौपाया पनि मरेका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ६ : २५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा