गोठ पुरिँदा बेपत्ता भएका पुरुषको शव फेला | Khabarhub Khabarhub

गोठ पुरिँदा बेपत्ता भएका पुरुषको शव फेला


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा – अविरल वर्षापछि गोठ भत्केर काठेखोला गाउँपालिका–२ भीमापोखरामा बेपत्ता भएका पुरुषको शव फेला परेको छ ।

बुधबार साँझ गोठमाथिबाट आएको पहिरोले भीमापोखराको बास्बोट भन्ने स्थानका ५४ वर्षीय टेकबहादुर खातीलाई बेपत्ता बनाएको थियो ।

आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले पहिरो पन्छाएर खोजी गर्दा उहाँको शव फेला परेको प्रहरी निरीक्षक दीपक रेग्मीले बताए ।

ढुङ्गामाटोको गोठ अचानक बुधबार साँझ भत्केको हो । गोठ भत्केको थाहा पाएपछि अक्षेतेस्थित प्रहरी चौकीका सहायक निरीक्षक विनय रेग्मीको नेतृत्व टोली बुधबार साँझनै घटनास्थल पुगेको थियो ।

आज जिल्लाको उद्धार टोली पुगेपछि मात्रै खातीको शव फेला परेको हो । गोठमा एक भैँसीसहित अन्य चौपाया पनि मरेका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ६ : २५ बजे

जोखिम बन्दै बेँसीसहर–चामे सडकयात्रा

लमजुङ– चट्टान खोपेर बनाइएको साँघुरा सडक, माथि हेर्दा आकाशै छोएझैँ

यी भूभागमा धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

क्लब विश्वकप : पिएसजी सेमिफाइनल प्रवेश

काठमाडौं – वायरन म्युनिखसँगको तनावपूर्ण खेलमा २-० को जितसहित पेरिस

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको