नेप्सेमा सामान्य सुधार, झिनो अंकले लाग्यो उकालो « Khabarhub

नेप्सेमा सामान्य सुधार, झिनो अंकले लाग्यो उकालो


८ आश्विन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.७४ बिन्दुले उकालो लागेर एक हजार ५६१.२६ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.२३ ले वृद्धि भई ३०९.५७ मा पुगेको छ । कूल १९३ कम्पनीको ८९ लाख ७१ हजार ३०३ कित्ता शेयर रु दुई अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेको सुधारसँगै बजार पूँजीकरण समेत वृद्धि भई झण्डै रु २१ खर्ब बराबरको भएको छ । स्टकका अनुसार आजको बजार पूँजीकरण रु २० खर्ब ८० अर्ब बराबरको भएको छ ।

कारोबार भएका कूल १२ उपसमूह मध्ये आज छ उपसमूहको शेयर उकालो लाग्दा ५ उपसमूहको शेयर ओरालो लागेको छ ।

बैंकिङ ०.९३, व्यापार ७०.८५, होटल १७.२७, जलविद्युत् ५५.७१, वित्त ९.६२ र अन्य उपसमूह ८.९४ ले वृद्धि भएको छ । यस्तै, विकास बैंक १.६७, निर्जीवन बीमा ५३.९७, उत्पादन ९.३, लघुवित्त ०.५२, जीवन बीमा ४४.१ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड ७८ लाख ६४ हजार ४१२ बराबरको कारोबार भएको छ ।

यस्तै माथिल्लो तामाकोशी रु नौ करोड ५९ लाख ३६ हजार १५०, नेपाल पुनरबीमा कम्पनी रु नौ करोड ३८ लाख २४ हजार ६९८, अरुण भ्याली हाइड्रोपावर रु आठ करोड ९२ लाख ५७ हजार ३५४, नेपाल बैंक लिमिटेड रु आठ करोड ५१ लाख ८९ हजार १०१, अपि पावर कम्पनी रु सात करोड २६ लाख नौ हजार र नेशनल हाइड्रोपावर कम्पनी रु पाँच करोड ३१ लाख ७३ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज अपि पावर कम्पनी ९.६७, माउण्टेन हाइड्रो ९.७३, सिनर्जी पावर ९.६८, हिमाल दोलखा हाइड्रोपावर ९.६८, दिव्यश्वरी हाइड्रोपावर ९.६४ र बरुण हाइड्रोपावरका लगानीकर्ताले ९.५६ प्रतिशतले कमाए ।

यस्तै, सिटिजन म्यूचअल फण्ड एक २.१२, यूनिलिभर २, ग्लोबल आइएमइ डिबेञ्चर २, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक १.९८ र रिलायन्स लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १.९६ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ६ : ४० बजे

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो