नेप्सेमा सामान्य सुधार, झिनो अंकले लाग्यो उकालो « Khabarhub

नेप्सेमा सामान्य सुधार, झिनो अंकले लाग्यो उकालो


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.७४ बिन्दुले उकालो लागेर एक हजार ५६१.२६ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.२३ ले वृद्धि भई ३०९.५७ मा पुगेको छ । कूल १९३ कम्पनीको ८९ लाख ७१ हजार ३०३ कित्ता शेयर रु दुई अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेको सुधारसँगै बजार पूँजीकरण समेत वृद्धि भई झण्डै रु २१ खर्ब बराबरको भएको छ । स्टकका अनुसार आजको बजार पूँजीकरण रु २० खर्ब ८० अर्ब बराबरको भएको छ ।

कारोबार भएका कूल १२ उपसमूह मध्ये आज छ उपसमूहको शेयर उकालो लाग्दा ५ उपसमूहको शेयर ओरालो लागेको छ ।

बैंकिङ ०.९३, व्यापार ७०.८५, होटल १७.२७, जलविद्युत् ५५.७१, वित्त ९.६२ र अन्य उपसमूह ८.९४ ले वृद्धि भएको छ । यस्तै, विकास बैंक १.६७, निर्जीवन बीमा ५३.९७, उत्पादन ९.३, लघुवित्त ०.५२, जीवन बीमा ४४.१ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड ७८ लाख ६४ हजार ४१२ बराबरको कारोबार भएको छ ।

यस्तै माथिल्लो तामाकोशी रु नौ करोड ५९ लाख ३६ हजार १५०, नेपाल पुनरबीमा कम्पनी रु नौ करोड ३८ लाख २४ हजार ६९८, अरुण भ्याली हाइड्रोपावर रु आठ करोड ९२ लाख ५७ हजार ३५४, नेपाल बैंक लिमिटेड रु आठ करोड ५१ लाख ८९ हजार १०१, अपि पावर कम्पनी रु सात करोड २६ लाख नौ हजार र नेशनल हाइड्रोपावर कम्पनी रु पाँच करोड ३१ लाख ७३ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज अपि पावर कम्पनी ९.६७, माउण्टेन हाइड्रो ९.७३, सिनर्जी पावर ९.६८, हिमाल दोलखा हाइड्रोपावर ९.६८, दिव्यश्वरी हाइड्रोपावर ९.६४ र बरुण हाइड्रोपावरका लगानीकर्ताले ९.५६ प्रतिशतले कमाए ।

यस्तै, सिटिजन म्यूचअल फण्ड एक २.१२, यूनिलिभर २, ग्लोबल आइएमइ डिबेञ्चर २, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक १.९८ र रिलायन्स लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १.९६ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ६ : ४० बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले