ट्राफिक प्रहरीले थाल्यो सार्वजनिक सवारी साधनको अनुगमन « Khabarhub

ट्राफिक प्रहरीले थाल्यो सार्वजनिक सवारी साधनको अनुगमन


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई आजदेखि तीव्र पारेको छ ।

सिट क्षमताभन्दा बढी यात्रु राखे/नराखेको, भिडभाड गरे नगरेको, यात्रुहरूले मास्क लगाएको नलगाएको, बढी भाडा लिए नलिएको, भाइरस संक्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गरे नगरेको जस्ता स्वास्थ्य मापदण्ड पालना नगर्ने ४ सयभन्दा बढी भाडाका सवारी साधनलाई सम्झाइ–बुझाइ पनि गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार कोरोना भाइरसबाट यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका मुख्य मुख्य बसपार्क एवम् भिडभाड हुने क्षेत्रमा चेकप्वाइन्ट राखी सवारी साधनहरुले स्वास्थ्य मापडण्ड पालना गरे नगरेको अनुगमनलाई तीव्रता दिइएको हो ।

ढकालले यदि भाडाका सवारी साधनले स्वास्थ्य पोर्टोकल पालना नगरेको वा तोकिएको भन्दा बढी भाडा लिएमा नजिकको ट्राफिक प्रहरी वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गर्न आग्रह गरेका छन् ।

महाशाखाले यातायात व्यवसायी तथा सञ्चालकहरूलाई बोलाएर सवारी साधनमा यात्रुको सुरक्षामा ध्यान दिन, स्यानिटाइजेसनको व्यवस्था गर्ने, नियमित सरसफाइ गर्न, यात्रुहरूको सुविधाको लागि प्रर्याप्त सवारी साधनहरू चलाउन, सवारीमा यात्रुहरू कोचिएर नराख्न वा सिट क्षमताअनुसार मात्र यात्रु राख्नलगायत स्वास्थ्य मापडण्ड पालना गराउन सहमति गराइसकेको जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ८ : १५ बजे

आईपीएल : बल समात्ने क्रममा लुंगी एङ्गिडी घाइते, खेल १५ मिनेट रोकियो

काठमाडौं – भारतमा जारी इन्डियन प्रिमियर लिग अन्तर्गत दिल्ली र

‘युट्युब’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण

म्याग्दी – यहाँको मालिका गाउँपालिका–५ देवीस्थानकी अस्मिता सिउथानी कपडाको डिजाइन

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडाैं । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

बुटवलमा गर्भवती मृत्यु प्रकरण : दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित

लुम्बिनी – बुटवलमा गर्भवती गीता पाण्डेको उपचारका क्रममा भएको मृत्यु

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आह्वान

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही वैशाख १७