ट्राफिक प्रहरीले थाल्यो सार्वजनिक सवारी साधनको अनुगमन « Khabarhub

ट्राफिक प्रहरीले थाल्यो सार्वजनिक सवारी साधनको अनुगमन


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई आजदेखि तीव्र पारेको छ ।

सिट क्षमताभन्दा बढी यात्रु राखे/नराखेको, भिडभाड गरे नगरेको, यात्रुहरूले मास्क लगाएको नलगाएको, बढी भाडा लिए नलिएको, भाइरस संक्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गरे नगरेको जस्ता स्वास्थ्य मापदण्ड पालना नगर्ने ४ सयभन्दा बढी भाडाका सवारी साधनलाई सम्झाइ–बुझाइ पनि गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार कोरोना भाइरसबाट यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका मुख्य मुख्य बसपार्क एवम् भिडभाड हुने क्षेत्रमा चेकप्वाइन्ट राखी सवारी साधनहरुले स्वास्थ्य मापडण्ड पालना गरे नगरेको अनुगमनलाई तीव्रता दिइएको हो ।

ढकालले यदि भाडाका सवारी साधनले स्वास्थ्य पोर्टोकल पालना नगरेको वा तोकिएको भन्दा बढी भाडा लिएमा नजिकको ट्राफिक प्रहरी वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गर्न आग्रह गरेका छन् ।

महाशाखाले यातायात व्यवसायी तथा सञ्चालकहरूलाई बोलाएर सवारी साधनमा यात्रुको सुरक्षामा ध्यान दिन, स्यानिटाइजेसनको व्यवस्था गर्ने, नियमित सरसफाइ गर्न, यात्रुहरूको सुविधाको लागि प्रर्याप्त सवारी साधनहरू चलाउन, सवारीमा यात्रुहरू कोचिएर नराख्न वा सिट क्षमताअनुसार मात्र यात्रु राख्नलगायत स्वास्थ्य मापडण्ड पालना गराउन सहमति गराइसकेको जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ८ : १५ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको