सवारी दुर्घटनामा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

सवारी दुर्घटनामा दुई जनाको मृत्यु


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङका अलग-अलग स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बेलबारी, पथरीशनिश्चरे र उर्लाबारीमा सोमबार साँझ भएका दुर्घटनामा अरू पाँच जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बेलबारी नगरपालिका–४ मा दुईवटा मोटरसाइकल साँझ साढे ५ बजेतिर ठोक्किएर दुर्घटना हुँदा बेलबारी–७ का ३७ वर्षीय नवीन पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १ –०२–०४२ प ४२१६ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको को ३९ प ३८०१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार मृतक पौडेल को ३९ प ३८०१ नम्बरको मोटरसाइकलका चालक हुन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा साँझ ७:१० बजे विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको जानकारी ढकालले दिए ।

दुर्घटनामा परेर पौडेलले चलाएको मोटरसाइकलको पछाडि बसेका २६ वर्षीय मनोज विष्ट घाइते भएका छन् । हात र खुट्टामा चोट लागेका उनको बेलबारी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा अर्को मोटरसाइकलका चालक सुनसरीको धरान उपमहानगरपालिका–१७ का २० वर्षीय प्रमोद राई र पछाडि सवार २१ वर्षीय विपिन श्रेष्ठ गम्भीर घाइते भएका छन् ।

दुवै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको ढकालले बताए ।

यस्तै पथरीशनिश्चरे नगरपालिका–२ जय चोकस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबहाक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ८ प ६३७७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६८३१ नम्बरको बसले साँझ ६:४० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक झापाको मेचीनगर नगरपालिका–९ का ३२ वर्षीय मुकेशप्रसाद पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए ।

दुर्घटनामा परेर गम्भीर घाइते उनको पथरी अस्पतालमा साँझ नै मृत्यु भएको गिरीले बताए ।

मोरङको उर्लाबारी नगरपालिका–८ स्थित भित्री सडक खण्डमा पनि दुर्घटना भएको छ ।

नम्बर नखुलेको अटो टेम्पोले दक्षिणतर्फ जाँदै गरेको को १२ प १२५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–५ का ३५ वर्षीय भोजकुमार खड्का र पछाडि सवार ३४ वर्षीय प्रकाश माझी घाइते भएका छन् । घाइतेमध्ये खड्काको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ८ : ४० बजे

पाकिस्तानमा बाढी र खडेरीका कारण चार करोडभन्दा बढी प्रभावित

एजेन्सी – पाकिस्तानी योजना तथा विकास मन्त्री अहसान इकबालले आफ्नो

संसदमा जब प्रचण्ड ‘न्यायाधीश’ बने…

काठमाडौं– प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले विहीबार प्रतिनिधिसभामा

जंगलमै छिरेर मानिसको अत्याचार, मकुनाले पाउनुपर्छ न्याय

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनासहितको टोलीमाथि जाइलागेपछि

जब सीताराम अफताब आलमको हुलियामा भेटिए…

काठमाडौं– यी तस्बिरका दुई व्यक्ति हेर्नुस् त ! झट्ट हेर्दा