भुटानको स्याटेलाइट अन्तरिक्षमा पठाउने भारतीय प्रधानमन्त्री मोदीको घोषणा « Khabarhub

भुटानको स्याटेलाइट अन्तरिक्षमा पठाउने भारतीय प्रधानमन्त्री मोदीको घोषणा


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी वर्ष भुटानी स्याटेलाइट अन्तरिक्षमा पठाउने घोषणा व्यक्त गरेका छन् ।

रुपे कार्डको दोस्रो चरणको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले भारतले चाँडै भुटानी उपग्रह अन्तरिक्षमा पठाउने घोषणा गरेका हुन् ।

‘भारतले निजी क्षेत्रका लागि पनि आफ्नो अन्तरिक्ष क्षेत्र खोलिसक्यो । यसले नवीन क्षमता र सीपलाई बढावा दिनेछ । आईएसआरओले अर्को वर्ष भुटानको उपग्रह पठाउँदै छ । त्यसका लागि तीव्र गतीमा काम भइरहेको  छ,’ उनले भने ।

त्यसको तयारीका लागि चार भुटानी अन्तरिक्ष इञ्जिनियरहरूलाई डिसेम्बरदेखि नै भारतमा प्रशिक्षण दिइने उनले बताए ।

‘रुपे कार्ड प्रक्षेपणको पहिलो चरणमा ११,००० सफल रुपे लेनदेन भुटानमा भइसकेका छन । आज चरण २ सुरु भएपछि हामी भुटानलाई रुपे नेटवर्कमा पूर्ण-समय साझेदारका रूपमा स्वागत गर्दछौँ,’ ”मोदीले भने ।

सो अवसरमा भुटानका प्रधानमन्त्री लोटे शेरिंगले महामारीको सामना गर्न मोदीको प्रयासको सरहना पनि गरे ।

‘म विश्वस्त छु कि महामारीलाई अन्त्य गर्न भारत सक्षम हुनेछ । भारतले खोप विकास गर्न जुन नेतृत्व लिइरहेको छ त्यो हामी सबैका लागि आशाको स्रोत हो,’ उनले थपे ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ७ : १० बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले