अमेरिकामा थप १ लाख ७२ हजारमा संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा थप १ लाख ७२ हजारमा संक्रमण


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा थप १ लाख ७२ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एक महिनायता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा गत शनिबार (६ मंसिरमा) भने सर्वाधिक संख्या २ लाख १ हजार ८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ७२ हजार १०३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो बृद्धिसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड २७ लाख ७७ हजार १७४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७५ लाख ४८ हजार ९४० जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ४९ लाख ६४ हजार ५४७ जनामध्ये २३ हजार ६७३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ६३ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ९७२ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ६३ हजार ६८७ पुगेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १० : १६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र