२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित भेटिए ? (विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित भेटिए ? (विवरणसहित)


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ७ सय ९० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ५, उदयपुरमा ५, ओखलढुंगामा १, खोटाङमा १, झापामा ३३, तेह्रथुममा ५, धनकुटामा ५, पाँचथरमा ३, भोजपुरमा २, मोरङमा ७५, संखुवासभामा २, सोलुखुम्बुमा २ र सुनसरीमा ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को धुनषामा २, पर्सामा ७, बारामा ५, महोत्तरीमा २, रौतहट ५, सप्तरीमा १०, सर्लाहीमा १ र सिरहामा ५ जनामा कोरोना स‌ंक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ९२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६१, चितवनमा १७, दोलखामा ५, धादिङमा १५, नुवाकोटमा ८, भक्तपुरमा ६५, मकवानपुरमा २, रसुवामा १, रामेछापमा ७, ललितपुरमा १ सय ९०, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा १३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८३, गोरखामा २५, तनहुँमा १३, नवलपरासी पूर्वमा ९, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा ६, वागलुङमा २ र स्याङजामा ८ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १०, कपिलवस्तुमा ९, गुल्मीमा ३, दाङमा ३६, नलवपरासीमा ९, पाल्पामा ११, प्यूठानमा २, बर्दियामा ३३, बाँकेमा ३८ र रुपन्देहीमा ३८ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा १, दैलेखमा ३, रुकुम पश्चिममा ३, सल्यानमा २ र हुम्लामा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ७, कैलालीमा ६१, डडेल्धरामा ५, दार्चुलामा १, बझाङमा १ जनामा कोरोना भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्या‌कमा उल्लेख छ ।

 

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ५ : १५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ