मर्यादाको सीमा नाघेर ‘अन्तर्विरोध’ चर्कियो : अर्थमन्त्री पौडेल « Khabarhub

मर्यादाको सीमा नाघेर ‘अन्तर्विरोध’ चर्कियो : अर्थमन्त्री पौडेल


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका महासचिव विष्णु पौडेलले पार्टीभित्र मर्यादाका सीमा नाघेर अन्तर्विरोध चर्किएको बताएका छन् ।

प्रेस संगठन नेपालले बुटवलमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले जस्तो अन्तर्विरोध चर्किए पनि पार्टी विवाद समाधान गर्ने बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफल संवैधानिक प्रबन्धअन्तर्गत भएको बताए ।

यसलाई अन्यथा लिन नहुने उनले जिकिर गरे । ओली-देउवाबीचको भेटघाटमा सत्तासमीकरणको बारेमा कुरा नभएको बरु सहकार्यको कुरा भएको बताए । उनले प्रधानमन्त्रीसँग बहुमत गुमिनसकेकाले सत्ता समीकरणका विषयमा प्रतिपक्षीसँग विषय प्रवेश नै नभएको पनि बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ७ : ३४ बजे

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको

रुस, चीनसहित ६ देशका विदेशमन्त्रीसँग दिल्लीमा इरानको बैठक गर्‍यो, ओमानमा अर्को संवादको तयारी

काठमाडौं- नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरानले

हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा– डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि