मर्यादाको सीमा नाघेर ‘अन्तर्विरोध’ चर्कियो : अर्थमन्त्री पौडेल « Khabarhub

मर्यादाको सीमा नाघेर ‘अन्तर्विरोध’ चर्कियो : अर्थमन्त्री पौडेल


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका महासचिव विष्णु पौडेलले पार्टीभित्र मर्यादाका सीमा नाघेर अन्तर्विरोध चर्किएको बताएका छन् ।

प्रेस संगठन नेपालले बुटवलमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले जस्तो अन्तर्विरोध चर्किए पनि पार्टी विवाद समाधान गर्ने बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफल संवैधानिक प्रबन्धअन्तर्गत भएको बताए ।

यसलाई अन्यथा लिन नहुने उनले जिकिर गरे । ओली-देउवाबीचको भेटघाटमा सत्तासमीकरणको बारेमा कुरा नभएको बरु सहकार्यको कुरा भएको बताए । उनले प्रधानमन्त्रीसँग बहुमत गुमिनसकेकाले सत्ता समीकरणका विषयमा प्रतिपक्षीसँग विषय प्रवेश नै नभएको पनि बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ७ : ३४ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा