एलन मस्क बने विश्वकै दोश्रो धनी, बिल गेट्सलाई उछिने  « Khabarhub

एलन मस्क बने विश्वकै दोश्रो धनी, बिल गेट्सलाई उछिने 


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौं- एलन मस्क संसारकै दोस्रो धनी बन्न सफल भएका छन् ।

संसारकै धनाढ्यहरूको सूचीमा बिल गेट्सलाई पछिपार्दै एक स्थानमाथि उक्लिएर एलन मस्क दोश्रो धनाढ्य बन्न सफल भएको द गार्डियनले उल्लेख गरेको छ ।

अघिल्लो हप्ता फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई पछि पारेका मस्कले मंगलबार मस्कको कम्पनी टेस्लाको सेयर भाउ उक्लेसँगै धनाढ्यको सूचीमा दोस्रो स्थानमा आफ्नो नाम लेखाउन सफल भएका हुन् ।

ब्लुमबर्ग धनाढ्य सूचीमा गत जनवरीसम्म पनि मस्क ३५ औं स्थानमा भएको द गार्डियनले जनाएको छ। अहिले आएर उनी दोस्रो स्थान कायम गर्न सफल भएका छन्।

त्यस्तै चौथो स्थानमा फ्रान्सेली धनाढ्य बर्नाड अर्नल्ट छन् भने जुकरवर्ग थप एक स्थान तल झर्दै पाँचौँ स्थानमा पुगेका छन्। बर्नाडको कुल सम्पत्ति जुकरवर्गको भन्दा ३ अर्ब डलर बढी छ ।

टेस्लाको सेयरमूल्य विगत केही हप्तादेखि लगातार उकालो लागिरहेको द गार्डियनले जनाएको छ ।

टेस्लाका उत्पादनको बढ्दो लोकप्रियतासँगै सेयर बजारमा आएको उछालका कारण उनको सम्पत्ति १०० अर्ब डलरभन्दा ज्यादा बढेको थियो। ब्लुमबर्ग खर्बपति सूचांकअनुसार अहिले उनको सम्पत्ति १२८ अर्ब डलर बराबर छ।

४९ वर्षीय मस्क संसारकै धनी जेफ बेजोफभन्दा एक स्थान मात्रै पछाडि छन्। जोसेफको हालको सम्पत्ति १८२ अर्ब डलर बराबर छ।

मस्कले टेस्लाको सेयर मूल्यको वृद्धि रफ्तार कायम राख्न सके आगामी केही वर्षमै उनी संसारकै धनाढ्य बन्न सक्ने तथ्यांकले देखाएको छ।

यसरी नै टेस्लाको सेयर मूल्य बढ्दै गए सन् २०२८ सम्ममा यो कम्पनी ६५० अर्ब डलर बराबरको कम्पनी बन्नसक्ने गार्डियनले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ८ : २५ बजे

तुलसी सहकारीका ऋणीको नाम सार्वजनिक

काठमाडौँ– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय

वर्षायामको सुरुसँगै प्राकृतिक विपद्का घटना बढ्दै: के छ व्यवस्थापनको तयारी ?

काठमाडौँ – नेपाल प्राकृतिक तथा गैरप्राकृतिक दुवै प्रकारका विपद्को उच्च

एकैदिन तोलामा १४०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ काराेबार ?

काठमाडौं– आजको कारोबारमा सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ

साँगा अन्डरपास निर्माण अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौँ– पूर्वी नेपालबाट काठमाडौं उपत्यका भित्रिने प्रमुख नाका साँगामा निर्माणाधीन

भोजपुरमा पनि ‘सगरमाथा वृक्षरोपण महाअभियान’

भोजपुर– सरकारले सुरु गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ पहाडी जिल्ला भोजपुरमा