एलन मस्क बने विश्वकै दोश्रो धनी, बिल गेट्सलाई उछिने  « Khabarhub

एलन मस्क बने विश्वकै दोश्रो धनी, बिल गेट्सलाई उछिने 


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौं- एलन मस्क संसारकै दोस्रो धनी बन्न सफल भएका छन् ।

संसारकै धनाढ्यहरूको सूचीमा बिल गेट्सलाई पछिपार्दै एक स्थानमाथि उक्लिएर एलन मस्क दोश्रो धनाढ्य बन्न सफल भएको द गार्डियनले उल्लेख गरेको छ ।

अघिल्लो हप्ता फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई पछि पारेका मस्कले मंगलबार मस्कको कम्पनी टेस्लाको सेयर भाउ उक्लेसँगै धनाढ्यको सूचीमा दोस्रो स्थानमा आफ्नो नाम लेखाउन सफल भएका हुन् ।

ब्लुमबर्ग धनाढ्य सूचीमा गत जनवरीसम्म पनि मस्क ३५ औं स्थानमा भएको द गार्डियनले जनाएको छ। अहिले आएर उनी दोस्रो स्थान कायम गर्न सफल भएका छन्।

त्यस्तै चौथो स्थानमा फ्रान्सेली धनाढ्य बर्नाड अर्नल्ट छन् भने जुकरवर्ग थप एक स्थान तल झर्दै पाँचौँ स्थानमा पुगेका छन्। बर्नाडको कुल सम्पत्ति जुकरवर्गको भन्दा ३ अर्ब डलर बढी छ ।

टेस्लाको सेयरमूल्य विगत केही हप्तादेखि लगातार उकालो लागिरहेको द गार्डियनले जनाएको छ ।

टेस्लाका उत्पादनको बढ्दो लोकप्रियतासँगै सेयर बजारमा आएको उछालका कारण उनको सम्पत्ति १०० अर्ब डलरभन्दा ज्यादा बढेको थियो। ब्लुमबर्ग खर्बपति सूचांकअनुसार अहिले उनको सम्पत्ति १२८ अर्ब डलर बराबर छ।

४९ वर्षीय मस्क संसारकै धनी जेफ बेजोफभन्दा एक स्थान मात्रै पछाडि छन्। जोसेफको हालको सम्पत्ति १८२ अर्ब डलर बराबर छ।

मस्कले टेस्लाको सेयर मूल्यको वृद्धि रफ्तार कायम राख्न सके आगामी केही वर्षमै उनी संसारकै धनाढ्य बन्न सक्ने तथ्यांकले देखाएको छ।

यसरी नै टेस्लाको सेयर मूल्य बढ्दै गए सन् २०२८ सम्ममा यो कम्पनी ६५० अर्ब डलर बराबरको कम्पनी बन्नसक्ने गार्डियनले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ८ : २५ बजे

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार

आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत