सयपत्रीमा आत्मनिर्भरः फूल  कारोवार घट्दै « Khabarhub

सयपत्रीमा आत्मनिर्भरः फूल  कारोवार घट्दै


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्ला वर्ष सयपत्रीमा देश आत्मनिर्भर हुँदै गएको छ ।

गत वर्ष तिहारमा सयपत्रीका २५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग थियो ।

मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरीमध्ये सयपत्रीका करीब तीन लाख माला भारतबाट ल्याउने गरिएको थियो ।

व्यवसायीले यस वर्ष तिहारमा पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाए, उत्पादन पनि राम्रो थियो तर बजार पाएनन् ।

अहिले स्वदेशमा नै ९५ प्रतिशत फूल उत्पादन हुन थालेकाले पाँच प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ ।

कोरोनाको त्रास कायमै रहेकाले फूल क्षेत्रको व्यापारले अझै गति लिनसकेको छैन । त्रासकै बीच लामो समयदेखि बन्द अन्य क्षेत्र विस्तारै खुला हुन थाले पनि फूलको व्यापार भने हुन सकेन ।

कार्यक्रमहरु नभएको, मानिसमा क्रयशक्ति कम भएको र यस वर्षका लागि विवाहको लगन पनि सकिन लागेकाले फूलको व्यापार हुन नसकेको बताइएको छ ।

कोरोना शुरु हुनुभन्दा पहिले दैनिक रु ३५ लाखसम्म फूलको आर्थिक कारोवार हुने गरेको थियो । अहिले दैनिक रु पाँच लाखको मात्रै कारोवार हुने गरेको छ ।

पछिल्लो समय मठमन्दिर विस्तारै खुले पनि होटल र पर्यटन व्यवसाय सञ्चालनमा नआएकाले यस क्षेत्रले गति लिन नसकेको फ्लोरीकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताए ।

अघिल्ला वर्षमा वार्षिकरूपमा रु दुई अर्ब ४२ करोडको फूलको कारोवार हुने गरेको थियो । चालू आवमा रु तीन अर्ब फूलको कारोवार हुने अनुमान गरिए पनि कारोनाका कारण बजारमा चहलपहल नहुँदा अनुमानभन्दा कम हुने निश्चित छ ।

तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वार्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । यसअघि कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको थियो ।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिकरुपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । सो व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् ।

नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।

नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै फस्टाउँदै गएको छ । काठमाडौँ उपत्यकामा मात्रै ३०० व्यवसायीले यसको खेती विस्तार गरिसकेका छन् ।

हरेक वर्ष तिहारलाई लक्ष्य गरी हुने गरिएको ‘गोदावरी पुष्प मेला’ कोरोना भाइरसका कारण यस वर्ष भने हुन सकेन ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  १२ : ३५ बजे

उधारो अचार खाएर पैसा नतिर्नेहरूको नाम सार्वजनिक गर्छु : शान्ता चौधरी

काठमाडौं– एमाले नेतृ शान्ता चौधरीले उधारो अचार खाएर पैसा नतिरेको

नवप्रवर्तन कार्यक्रमका लागि गण्डकीका आठ स्थानीय तह छनोट

गण्डकी– गण्डकी प्रदेशमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छ स्थानीय तह

राष्ट्रियसभा सांसद भन्छन्- दललाई दोषी देखाएर भ्रम छरियो

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको

चुनाव लक्षित गर्दै भारतले दियो सरकारलाई ६५० वटा गाडी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका