प्रियंका गान्धीसहितका भारतीय कांग्रेसका नेताहरु गिरफ्तार « Khabarhub

प्रियंका गान्धीसहितका भारतीय कांग्रेसका नेताहरु गिरफ्तार


९ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय कांग्रेसको महासचिव प्रियंका गान्धीसहित कांग्रेस नेताहरु गिरफ्तार भएका छन् ।

भारतमा नयाँ कृषि कानूनलाई लिएर किसान र केन्द्र सरकारबीच गतिरोध जारी रहेका बेला कांग्रेस नेताको गिरफ्ता गरिएको हो ।

विपक्षी दल कांग्रेसले यही मुद्दालाई लिएर सरकारलाई घेर्ने योजना बनाइरहेका बेला महासचिवसहितका नेतालाई गरिफ्तार गरिएको हो ।

राहुल गान्धीको नेतृत्वमा कांग्रेस नेताहरुले कृषि कानूनहरुविरुद्ध २ करोड व्यक्तिको हस्ताक्षर संकलन गरी राष्ट्रपतिलाई बुझाउन लागेका बेला नेताहरुलाई गिरफ्तार गरिएको हो ।

राष्ट्रपतिलाई भेट्न तीन जनालाई मात्र जान दिने भारतीय प्रहरीको अनुमतिपछि गान्धीसहितका नेताले मार्चपास निकालेका थिए । मार्चपासमा सहभागीलाई प्रहरीले गिरफ्तार गरेको हो ।

कांग्रेस नेताहरुलाई राष्ट्रपति भवनसम्म मार्च गर्ने अनुमति नदिएको र तीनजनालाई मात्र राष्ट्रपतिलाई भेट्ने अनुमित दिएको दिल्ली पुसिलका सहायक डिसीपी दीपक यादवले बताए ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  १ : ३३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको