प्रियंका गान्धीसहितका भारतीय कांग्रेसका नेताहरु गिरफ्तार « Khabarhub

प्रियंका गान्धीसहितका भारतीय कांग्रेसका नेताहरु गिरफ्तार


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय कांग्रेसको महासचिव प्रियंका गान्धीसहित कांग्रेस नेताहरु गिरफ्तार भएका छन् ।

भारतमा नयाँ कृषि कानूनलाई लिएर किसान र केन्द्र सरकारबीच गतिरोध जारी रहेका बेला कांग्रेस नेताको गिरफ्ता गरिएको हो ।

विपक्षी दल कांग्रेसले यही मुद्दालाई लिएर सरकारलाई घेर्ने योजना बनाइरहेका बेला महासचिवसहितका नेतालाई गरिफ्तार गरिएको हो ।

राहुल गान्धीको नेतृत्वमा कांग्रेस नेताहरुले कृषि कानूनहरुविरुद्ध २ करोड व्यक्तिको हस्ताक्षर संकलन गरी राष्ट्रपतिलाई बुझाउन लागेका बेला नेताहरुलाई गिरफ्तार गरिएको हो ।

राष्ट्रपतिलाई भेट्न तीन जनालाई मात्र जान दिने भारतीय प्रहरीको अनुमतिपछि गान्धीसहितका नेताले मार्चपास निकालेका थिए । मार्चपासमा सहभागीलाई प्रहरीले गिरफ्तार गरेको हो ।

कांग्रेस नेताहरुलाई राष्ट्रपति भवनसम्म मार्च गर्ने अनुमति नदिएको र तीनजनालाई मात्र राष्ट्रपतिलाई भेट्ने अनुमित दिएको दिल्ली पुसिलका सहायक डिसीपी दीपक यादवले बताए ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  १ : ३३ बजे

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय