प्रतिनिधिसभाको बैठक बोलाउन सभामुखलाई जसपाका नेताको आग्रह | Khabarhub Khabarhub

प्रतिनिधिसभाको बैठक बोलाउन सभामुखलाई जसपाका नेताको आग्रह


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका नेताहरुले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर प्रतिनिधिसभाको बैठक बोलाउन आग्रह गरेका छन् ।

जसपाका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, लक्ष्मणलाल कर्णलगायतले सभामुख सापकोटालाई भेटेर बैठक बोलाउन आग्रह गरेका छन् ।

नेताहरु सभामुखलाई भेट्न सिंहदरवार पुगेका थिए ।

प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले प्रधानमन्त्रीलाई नदिएको भन्दै उनीहरुले संसद जीवितै रहेको भन्दै बैठक बोलाउन आग्रह गरेका हुन् ।

त्यस्तै सभामुख सापकोटा सरकार गठन गर्ने विकल्प रहँदासम्म संसद् विघटन हुन नसक्ने बताउँदै आएका छन् ।

बुधवार एक विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा सरकार गठन गर्ने स्पष्ट व्यवस्था गरिएको जिकिर गरेका छन्।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  १ : ५० बजे

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि