जम्मु काश्‍मीरमा हिम पहिरोपछि अवरुद्ध विद्युत सेना पुन: सञ्‍चालन | Khabarhub Khabarhub

जम्मु काश्‍मीरमा हिम पहिरोपछि अवरुद्ध विद्युत सेना पुन: सञ्‍चालन


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीनगर– शुक्रबार र शनिबारको मध्यरातमा परेको अत्यधिक हिउँका कारण अवरुद्ध विद्युत सेवा पुन: सञ्‍चालनमा आएको छ ।

उक्त क्षेत्रमा हिउँ परेको ६ घण्टामा सम्पूर्ण कश्मीर डिभिजनमा बिजुलीको पुनर्स्थापना सुनिश्चित गर्ने विद्युत विकास विभागका अधिकारीहरू सफल भएका थिए ।

ग्रेटर काश्मिरको आधिकारिक तथ्यांक अनुसार काश्मीर क्षेत्रमा हिउँ परेको कारण विद्युत वितरण प्रणालीमा समस्या आएको थियो । शनिबार बिहान ६ बजे आपूर्ति १४०० मेगावाटबाट ४०० मेगावाटमा झरेको थियो ।

अघिल्ललो पटकको तुलनामा यसपछि हिउँ पर्नुअघि नै विद्युत आपूर्ति श्रृंखला अवरुद्ध भएको अवस्थाका लागि पूर्वतयारी भएका कारण चाँडै विद्युत पुन:सञ्‍चालन गर्न सफल भएको बताइएको छ ।

“हाम्रा अधिकारीहरुले बिहान ४ बजेदेखि काम सुरु गरेका थिए भने उनीहरूको कडा प्रयासका कारण शनिबार दिउँसो सम्पूर्ण प्रणाली पुनर्स्थापना गरिएको थियो,”पीडीडीका कर्मचारीहरूको प्रशंसा गर्दै ऊर्जा विभागका प्रमुख सचिव रोहित कंसलले भने ।

उनले भने, “यो पहिलो पटक हो कि हाम्रो विभागले विद्युत प्रणाली केही घण्टामा नै विद्युत आपूर्ति पुनर्स्थापित गर्न सक्षम भयो । सबै कठिनाइका बाबजुद हाम्रो फ्रन्टलाइन कामदारहरूले अथक प्रयास गरिरहेका छन् । उनीहरूको प्रयासका कारण शनिबार दिउँसो करिब कश्मीर डिभिजनमा ९० प्रतिशत आपूर्ति पुनर्स्थापित भयो ।”

“अर्को महत्त्वपूर्ण पक्ष हाम्रो विभागको उत्तरदायित्व हो । हामीले २४ घण्टा सञ्‍चालनका लागि हेल्पलाइन सेन्टर स्थापना गरेका छौं । जसले उपभोक्तालाई उनीहरूको गुनासो गर्न सहयोग गरेको छ । विभागले यसलाई छोटो अवधिमा समाधान गर्न सक्छ,” रोहित कंसलले भने ।

उनले वितरण नेटवर्कमा कुनै पनि पूर्वाधारमा कुनै ठूलो क्षति भएको रिपोर्ट नआएको बताएका छन् ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  २ : ०७ बजे

कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम– कारकाे ठक्करबाट पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।

बागमती प्रदेशसभामा विषयगत समितिको सभापति चयन गरिँदै

हेटौँडा– बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम चयन गरिँदै छ

छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत : कांग्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको

नासाको आर्टेमिस–३ मिसन : अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल