जम्मु काश्‍मीरमा हिम पहिरोपछि अवरुद्ध विद्युत सेना पुन: सञ्‍चालन « Khabarhub

जम्मु काश्‍मीरमा हिम पहिरोपछि अवरुद्ध विद्युत सेना पुन: सञ्‍चालन


९ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीनगर– शुक्रबार र शनिबारको मध्यरातमा परेको अत्यधिक हिउँका कारण अवरुद्ध विद्युत सेवा पुन: सञ्‍चालनमा आएको छ ।

उक्त क्षेत्रमा हिउँ परेको ६ घण्टामा सम्पूर्ण कश्मीर डिभिजनमा बिजुलीको पुनर्स्थापना सुनिश्चित गर्ने विद्युत विकास विभागका अधिकारीहरू सफल भएका थिए ।

ग्रेटर काश्मिरको आधिकारिक तथ्यांक अनुसार काश्मीर क्षेत्रमा हिउँ परेको कारण विद्युत वितरण प्रणालीमा समस्या आएको थियो । शनिबार बिहान ६ बजे आपूर्ति १४०० मेगावाटबाट ४०० मेगावाटमा झरेको थियो ।

अघिल्ललो पटकको तुलनामा यसपछि हिउँ पर्नुअघि नै विद्युत आपूर्ति श्रृंखला अवरुद्ध भएको अवस्थाका लागि पूर्वतयारी भएका कारण चाँडै विद्युत पुन:सञ्‍चालन गर्न सफल भएको बताइएको छ ।

“हाम्रा अधिकारीहरुले बिहान ४ बजेदेखि काम सुरु गरेका थिए भने उनीहरूको कडा प्रयासका कारण शनिबार दिउँसो सम्पूर्ण प्रणाली पुनर्स्थापना गरिएको थियो,”पीडीडीका कर्मचारीहरूको प्रशंसा गर्दै ऊर्जा विभागका प्रमुख सचिव रोहित कंसलले भने ।

उनले भने, “यो पहिलो पटक हो कि हाम्रो विभागले विद्युत प्रणाली केही घण्टामा नै विद्युत आपूर्ति पुनर्स्थापित गर्न सक्षम भयो । सबै कठिनाइका बाबजुद हाम्रो फ्रन्टलाइन कामदारहरूले अथक प्रयास गरिरहेका छन् । उनीहरूको प्रयासका कारण शनिबार दिउँसो करिब कश्मीर डिभिजनमा ९० प्रतिशत आपूर्ति पुनर्स्थापित भयो ।”

“अर्को महत्त्वपूर्ण पक्ष हाम्रो विभागको उत्तरदायित्व हो । हामीले २४ घण्टा सञ्‍चालनका लागि हेल्पलाइन सेन्टर स्थापना गरेका छौं । जसले उपभोक्तालाई उनीहरूको गुनासो गर्न सहयोग गरेको छ । विभागले यसलाई छोटो अवधिमा समाधान गर्न सक्छ,” रोहित कंसलले भने ।

उनले वितरण नेटवर्कमा कुनै पनि पूर्वाधारमा कुनै ठूलो क्षति भएको रिपोर्ट नआएको बताएका छन् ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  २ : ०७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको