कामसूत्र भन्छ : सुहागरातको दिन पत्नीसँगको यौनबारे नसोच्नुस् ! « Khabarhub

कामसूत्र भन्छ : सुहागरातको दिन पत्नीसँगको यौनबारे नसोच्नुस् !


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाइँले कामसूत्र बारे सुन्नु वा पढ्नु भएको छ ? छैन भने थाहा पाउनुस् । कामसूत्र हिन्दू धर्म दर्शनको एक महत्वपूर्ण कृति हो जसले भोग, वासना, यौन जीवन, यौन आशनबारे जानकारी दिन्छ ।

महर्षि वात्स्यायनले लेखेको कामसूत्रलाई विश्वको प्रथम यौन संहिता मानिएको छ । सात भाग बाँडिएको यो ग्रन्थ स्त्री र पुरुष दुवैले समानरूपमा अध्ययन र मनन गर्नुपर्ने बताइएको छ ।

आलिँगन, चुम्बन, स्पर्श, दाँत र नङ्को प्रयोग, सित्कार, यौन अङ्गको आधारमा स्त्री र पुरुषको बर्गिकरण, स्त्री र पुरुषमा हुनुपर्ने ६४ कला, वर्जित सम्बन्ध, स्वीकृत सम्बन्ध देखि कामक्रियाको समयमा अपनाउनुपर्ने विधि वारेमा वर्णन गरिएको यस ग्रन्थको विश्वका प्राय: सवैजसो भाषामा अनुवाद र उद्दरण गरिएको पाईन्छ ।

महर्षि वात्सायनले आफ्नो कृति कामसूत्रमा नारीलाई ४ प्रकारमा वर्गीकरण गरेका छन् ।

वात्स्यायनले जब कामसूत्र लेखे त्यति बेला प्रेम विवाह भन्दा पनि मागी विवाहको प्रचलन बढी थियो । त्यति बेला फोन, फेसबुक र अन्य सामाजिक सञ्जाल थिएनन् ।

सामान्य अवस्थामा भन्नुपर्दा युवा युवतीले विवाहको रात मात्र राम्रोसँग आफ्नो जीवन साथीको अनुहार देख्न पाउँथे । त्यसैले सुहागरातको दिन पुरुषले के गर्ने के नगर्ने भन्ने बारेमा वात्स्यायनले केही ज्ञान दिएका थिए ।

यसका अलावा वात्स्यायनले कामसूत्रको माध्यमबाट यौन र शारीरिक सम्बन्धका बारेमा पनि जानकारी दिएका छन् ।

सुहागरातका बारेमा कामसूत्र के भन्छ ?

१.विवाहपछि पहिलो तीन दिन पति र पत्नी खाटमा नसुति जमिनमा सुत्नुपर्छ । आन्ददायी रुपमा सुत्नु र यौनलाई दिमागमा आउन दिन नहुने कामसूत्रको भनाइ छ । आर्थात विवाहको दिन सुहागरातका दिन नव विवाहित स्त्रीसँगको समागम बारे सोच्नु गलत हुन्छ ।

२. तीन दिनसम्म नूनको सेवन नगर्नुहोस् ।

३. अर्को सात दिनसम्म पति र पत्नी एक अर्कालाई चिन्नमा समय विताउँन् । यसका लागि उनीहरुले साथमा संगित श्रवण, खाना साथमा खाने र विवाहमा आएका पाहुनसँग भेटघार र कुराकानी गर्नुपर्छ । यसले गर्दा सम्बन्ध सुमधुर रहने गर्छ ।

४. विवाहको दशौं रातमा पुरुष स्त्री तर्फ विस्तार बढ्नुपर्छ । वात्सायनका अनुसार महिला नाजुक स्वभावकी हुन्छिन् । र यौनको कुनै पनि हतारोसँग उनी डराउँछिन् । त्यसैले यस्तो स्थितिमा सायद उनी यौनबाट सधैका लागि डराउँन सक्छिन् । त्यसैले पुरुषले पहिला पत्निसँग नजिकिएर उसलाई अंगालो बेर्ने र यौनका लागि तयार गर्ने कार्य गर्नुपर्छ ।

५. पत्नी यदी अंकमालका लागि मानिन् भने पतिले उसलाई केही मिठाइ खुवाउने वा पान खुवाउने गर्नुपर्छ । पाख खानुको अर्थ पत्नी पनि यौन कार्यका लागि तयार छिन् भन्ने अर्थ लाग्छ ।

यदी पत्नीले पान खान मानिन् भने पतिले आग्रह गर्नुपर्छ । हात जोड्ने वा घुँडा मारेर अनुरोध गर्नुपर्ने अवस्था आएको खण्डमा पनि पर्नुपर्छ । तर जबरजस्ती शारीरिक सम्बन्ध बनाउँनु हुँदैन ।

६. यदी पत्नीले मानिन् भने उसलाई किस गरेर सोध्न जरुरी छ कि के उनी पतीसँग तत्काल यौन कार्य गर्न तयार छिन् । र उनले शिर नहल्लाउन्जेल प्रतिक्षा गर्नुपर्छ ।

वात्सायनका अनुसार जो पति पत्नीको हेरचाह गर्छ, र उसको कुरालाई मान्छ पत्नी उसका साथ यौन कार्य गर्न सहज मान्छिन् र यौनलाई गम्भीर रुपमा अनुभव पनि गर्छिन् तर जो पतिले पत्नीमाथि जवारको जस्तो व्यवहार गर्छ, यौनका लागि तयार नभएकी पत्नीलाई जबरजस्ती गर्छ त्यस्तासँग यौनको इच्छा पत्नीमा हुँदैन र जबरजस्ती गरिएको यौनमा आनन्दता प्राप्त हुँदैन ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ५ : १५ बजे

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै