मनि ट्रान्सफरबाट पैसा चोर्ने दुई जना इरानी पक्राउ « Khabarhub

मनि ट्रान्सफरबाट पैसा चोर्ने दुई जना इरानी पक्राउ


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनि ट्रान्सफरबाट पैसा चोर्ने दुई जना इरानी पक्राउ परेका छन् । ताहाचलमा रहेको प्राश्‍ना मनि ट्रान्सफरबाट पैसा चोरेका उनीहरुलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत कालिमाटीको टोलीले इरानी नागरिक अलि मलेकी र भाहिद अजिमिक हामलाई पक्राउ गरेको हो । डलर साट्ने निहुँ गरेर उनीहरुले माघ ६ गते मनि ट्रान्सफरबाट ६६ हजार रुपैयाँ चोरेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार माघ ६ गते उनीहरुले ताहाचलमा रहेको प्राश्‍ना मनि ट्रान्सफरबाट कर्मचारीलाई झुक्याएर ६६ हजार रुपैयाँ चोरेका थिए ।

उनीहरुले पैसा चोरेको सीसीटीभीमा कैद भएको थियो । त्यसकै आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा इरानी नागरिक मलेकी ६ पटक र भाहिद दुई पटक नेपाल आएर फर्किएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठमेलको एक होटलमा बसेका उनीहरु ६ गते एक स्कूटर लिएर ताहाचलमा रहेको प्राश्‍ना मनि ट्रान्सफर पुगेका थिए । उक्त मनि ट्रान्फरमा रहेकी कर्मचारीलाई डलर साट्ने भन्दै उनीहरुले एक सय डलर काउन्टरमा राखे ।

महिला कर्मचारीसँग नेपाली पैसा कस्तो हुन्छ भन्दै उनीहरुले प्रश्न गरेपछि ति महिला कर्मचारीले उनीहरुलाई हजारको एक बण्डल देखाइन् । पैसा समाएर पल्टाउँदै गरेका उनीहरुले फेरि पाँच सयको नोट बारे प्रश्न गरे ।

उनले पाँच सयको नोटको एक वण्डल पनि दिइन् । त्यसैबीचमा उक्त दुई बण्डलबाट उनीहरुले ६६ हजार निकाले । उनीहरु गएपछि जब ती महिला कर्मचारीले पैसा गनिन् त्यहाँ बाट पैसा चोरी भएको थियो । त्यसपछि मनि ट्रान्फर सञ्चालक प्रहरी कहाँ पुगेका थिए ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ६ : ३१ बजे

टासी ल्हाजोमलाई रास्वपाको अन्याय, घण्टीघरमा रातभर धर्ना बसे कर्णालीका नेता 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघरमा हुम्लाका

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको