मीटू मुभमेन्ट प्रभाव: बलात्कार मुद्दामा हलिउड निर्माता वाइन्सटिन दोषी ठहर « Khabarhub

मीटू मुभमेन्ट प्रभाव: बलात्कार मुद्दामा हलिउड निर्माता वाइन्सटिन दोषी ठहर


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – न्यूओर्कको एक अदालतले हलिउड फिल्म निर्माता हार्भी वाइन्सटिनलाई बलात्कार र कुटपिट गरेको आरोपमा दोषी ठहर गरेको छ ।

मीटू मुभमेन्टका बेला उनीमाथि महिला हिंसा गरेको आरोप लागेको थियो । ६७ वर्षीय वाइन्सटिनलाई अदालतले थर्ड डिग्री बलात्कार र फर्स्ट डिग्री आपराधिक यौन कार्यमा दोषी ठहर गरेको बीबीसीले जनाएको छ ।

हार्भीलाई २५ वर्षसम्मको जेल सजाय हुन सक्ने जनाइएको छ । उनीविरुद्ध ८० जना महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए । यस्तै २ जना महिलाले आफूमाथि कुटपिट गरेको आरोप लगाएका छन् ।

हलिउडका यी चर्चित निर्माताले गुड विल हन्टिङ्, द किङ्ग्स स्पीच र शेक्सपियर इन लभ लगायतका फिल्म निर्माण गरेका थिए । यता वाइन्सटिनले भने यी सबै आरोपको खण्डन गर्दै आएका छन् ।

अदालतले जेल चलान गर्न आदेश दिएपछि यो मुद्दालाई मीटू मुभमेन्ट गर्ने महिलाहरुको जीतका रुपमा हेरिएको छ ।

हार्भीमाथि अभिनेत्री बन्न चाहने एक कलाकारलाई बलात्कार गरेको र सन् २००६ मा तत्कालीन उत्पादन सहायकलाई कुटेको आरोप समेत लागेको थियो । यही मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ११ : ३५ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका