एउटा झोलुङ्गे पुलबाट ७ सय ४३ घरधुरी लाभान्वित « Khabarhub

एउटा झोलुङ्गे पुलबाट ७ सय ४३ घरधुरी लाभान्वित


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धापुङ– म्याग्दीको मङ्गला गाउँपालिका–४ धापुङ जुगेपानीस्थित न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । ५९ दशमलव ७५ मिटर लामो पुलबाट गाउँपालिकाको ३ र ४ नम्बर वडाका ७ सय ४३ घरधुरीका ३ हजार ७ सय १८ जनसङ्ख्या लाभान्वित भएको वडाध्यक्ष ओमबहादुर रोकाले जानकारी दिए ।

झोलुङ्गे पुल क्षेत्रगत सहयोग कार्यक्रम (टिबीएसयु)को प्राविधिक सहयोगमा गाउँपालिकाले उपभोक्ता समितिमार्फत पुल निर्माण गरेको हो । कूल रु ३३ लाख ५९ हजार ६०९ लागतमा पुल निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । गाउँपालिकाले रु दुई लाख एक हजार ९६ अनुदान र उपभोक्ताको रु ६७ हजार ३२ बराबरको श्रमदान रहेको पुल निर्माणमा टिबीएसयुले थप रकम र निर्माण सामग्री उपलब्ध गराएको थियो ।

लठ्ठा र बुलडग ग्रिप्समा २ लाख २५ हजार ८ सय २८, स्थानीय निर्माण सामग्री र मजदुरको ज्यालामा  १६ लाख १५ हजार ८२०, ग्याबिन तार, फलामे सामग्री, छड, सिमेन्ट, स्टिल पार्टस्, स्टिल डेग र सामान ढुवानीमा १० लाख ५ सय ६६, गैरसरकारी संस्थाको सेवा शूल्कमा २ लाख ३ हजार ७६ र कामदारको दुर्घटना बीमामा  ३८ हजार १ सय ८८ खर्च भएको छ ।

यही २०७६ जेठ १९ गते गाउँपालिका र उपभोक्ता समितिबीच पुल निर्माणका लागि सम्झौता भएको थियो । विसं २०७७ असार ३० गतेसम्म पुल निर्माण सक्ने सम्झौतामा उल्लेख थियो । उपभोक्ता समितिको सक्रियताले लक्ष्यभन्दा पाँच महिनाअघि नै पुल निर्माण भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताए ।

पुल बनेपछि विशेषगरी बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने समस्या हटेको र सुरक्षित यात्रा गर्न पाएको स्थानीयवासी दलबहादुर पुनले बताए । धापुङ, महेशगाउँ, खर्क, दहलगायत बस्तीका बासिन्दालाई सुविधा पुगेको छ ।

न्यूखोलासँगै गाउँपालिका–२ को काफलचौर र कोत्रवाङको सिमानामा पर्ने भाइवाङखोलामा १०४ मिटर लामो अर्को झोलुङ्गे पुल निर्माण भएको छ । ४७ लाख ८८ हजार ४६० लागतमा निर्माण भएको झोलुङ्गे पुलबाट कोक्रवाङ, भाइवाङ, र्‍यालेखोर, कुहुँ, भरजुला, भाइवाङका १ सय ४३ घरधुरीका ८ सय ५८ जनसङ्ख्या लाभान्वित भएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ११ : २९ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि