ईपीएल क्रिकेटः केभिन ओब्रायनले पुनः काठमाडौं किङ्सबाट खेल्ने « Khabarhub

ईपीएल क्रिकेटः केभिन ओब्रायनले पुनः काठमाडौं किङ्सबाट खेल्ने


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि काठमाडौं किङ्स ११ ले आयरल्यान्डका केभिन ओब्रायनलाई भित्र्याएको पुनः यो सिजनमा पनि खेलाउने भएको छ ।

मंगलबार ईपीएलले विज्ञिप्ती जारी गर्दै उनलाई यो संस्करणका लागि आवद्ध गरेको हो । अघिल्लो संस्करणमा पनि उनले काठमाडौंबाटै खेलेका थिए ।

सन् २०१८ को ईपीएल खेलेका उनले ७ खेलमा ९ विकेट लिएका थिए भने उनी सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका थिए ।

ओब्रायनसँग आयरल्यान्डका लागि ३ एकदिवसिय विश्वकप र ५ टि–२० विश्वकप क्रिकेट खेलेको अनुभव छ ।

केभिन टोलीमा आवद्ध हुँदा काठमाडौंका लागि अन फिल्ड र अफ दि फिल्डमा सकारात्मक प्रभाव पर्ने काठमाडौंले जनाएको छ । उनी आयरल्यान्डका लागि टेस्ट क्रिकेटमा शतक प्रहार गर्नै पहिलो खेलाडी हुन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ४ : ४६ बजे

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : सिके राउत

सप्तरी – जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप