बुधबारबाट तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमणमा जाँदै राष्ट्रपति भण्डारी  « Khabarhub

बुधबारबाट तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमणमा जाँदै राष्ट्रपति भण्डारी 


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारबाट तीन दिने सुदूरपश्चिम प्रदेशोक भ्रमणमा जाने भएकी छिन् । सुदूरपश्चिम प्रदेश भ्रमणको क्रममा बुधबार राष्ट्रपति भण्डारी कैलालीको धनगढी  जानेछिन् ।

बुधबार धनगढीमा राष्ट्रपति भण्डारीले विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्ने छिन् । सोही दिन खाना महोत्सवको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सुदूर पश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सञ्चालन हुने महोत्सव एक सातासम्म जारी रहने छ ।

बुधबार मध्यान्ह १२ बजे राष्ट्रपति भण्डारीले महोत्सवको उद्घाटन गर्ने सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए ।

बुधबार नै दिउँसो २ बजे धनगढीमा रहेको शिवनगर खाने पानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । फागुन १६ गतेसम्म सुदूरपश्चिममा रहने कार्यक्रम अन्तर्गत राष्ट्रपति भण्डारी १५ गते दार्चुला र बैतडी जाने कार्यक्रम तय भएको छ ।

दार्चुलास्थित मालिकार्जुनको दर्शन, मालिकार्जुन माविको निरीक्षण, बैतडीको त्रिपुरा सुन्दरी भगवतीको दर्शन, बैतडीको पाटनमा रहेको प्राविधिक शिक्षालयको भवन उद्घाटन गर्ने कार्यक्रम छ ।

यस्तै १६ गते डडेल्धुरास्थित उग्रतारा मन्दिरको दर्शन र कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसैबीच सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रपतिद्वारा सुदूरपश्चिमका विभिन्न स्थानमा हुने भ्रमणबारे प्रदेश प्रमुखलाई सोमबार नै जानकारी गराएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सुदूरपश्चिम प्रदेशको विभिन्न क्षेत्रमा हुने भ्रमण तथा अवलोकनको तयारीको विषयमा प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तसँग मुख्यमन्त्री भट्टले छलफल गरेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १० : ४५ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको