कोरोनाभाइरसः अमेरिकामा एकै दिन ९ हजार ८ सय बढी संक्रमित, मृतकको संख्या ६९६ पुग्यो | Khabarhub Khabarhub

कोरोनाभाइरसः अमेरिकामा एकै दिन ९ हजार ८ सय बढी संक्रमित, मृतकको संख्या ६९६ पुग्यो


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिका पनि आक्रान्त बनेको छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १ सय ४३ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या हालसम्म ६ सय ९६ पुगेको छ ।

हालसम्म अमेरिकामा ५३ हजार ५ सय ९५ जना संक्रमित भएका छन् । जसमध्ये एकै दिनमा ९ हजार ८ सय ६१ जना नयाँ संक्रमित देखिएका हुन् ।

अमेरिकामा ३ सय ७५ जना उपचारपछि निको भएका छन् भने ५२ हाजर ५ सय २४ जना उपचाररत छन् ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण यूरोपियन मुलुककमा गम्भीर अवस्थामा देखिएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी प्रभाव इटालीमा परेको छ भने स्पेनमा पनि संक्रमण फैलँदो क्रममा देखिएको छ ।

युरोपमा इटलीपछि स्पेनमा सबैभन्दा धेरै गम्भीर अवस्था सिर्जना भएको छ ।

स्पेनमा बुधबार एकैदिन ६ सय ८० जनाको ज्यान गुमाएका छन्।

स्पेनमा सङ्क्रमितमध्ये तीन हजार ७ सय ९४ जना उपचारपछि घर फर्किएका छन् भने दुई हजार ६ सय ३६ जनाको अवस्था गम्भीर छ ।

स्पेनमा कोरोना भाइरससँग लड्नका लागि आपत्काल घोषणा गरिएको छ । गएको १५ मार्चमा लगाइएको आपत्काल अझै बढाउने योजना छ ।

स्पेनको राजधानी मड्रिड कोरोना भाइरस महामारीको केन्द्र बनेको छ । स्पेनमा कोरोना भाइरसको पहिलो सङ्क्रमण गएको जनवरी ३१ तरिखमा देखिएको थियो ।

यसैबीच इटालीमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा थप ७ सय ४३ जनाले ज्यान गुमाएसँगै हालसम्म इटालीमा ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय २० पुगेको छ । ६९ हजार १ सय ७६ जना सङ्क्रमित छन् ।

संक्रमितमध्य ८ हजार ३ सय २६ जना उपचारपछि निको भएका छन् भने ५४ हजार ३० जना उपचाररत छन् । जसमध्ये पनि ३ हजार ३ सय ९३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रभाव हालसम्म विश्वका १ सय ९७ मुलुकमा फैलिएको छ भने विश्वभर ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय ४ पुगेको छ ।

कोरोनाको संक्रमणका कारण विश्वभर पछिल्लो २४ घण्टामा २ हजार २ सय ९० जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ६ : २४ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक ३० गते आइतबार। मंसिर

आज २०८२ साल कात्तिक ३० गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ३० गते आइतबार। मंसिर

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने

मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव

रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा