शीखहरुको धार्मिक भेलामा इस्लामिक अतिवादीको हमला, चारको मृत्यु « Khabarhub

शीखहरुको धार्मिक भेलामा इस्लामिक अतिवादीको हमला, चारको मृत्यु


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगास्तिानको काबुलमा शीखहरुको धार्मिक भेलामा इस्लामिक स्टेट अफ इराक एण्ड सिरिया(आइसिस)ले हमला गरेको छ । बुधबार दिउँसो काबुल शहरको केन्द्रमा अवस्थित एक गुरुद्वारामा आइसिसबाट हमला भएको हो ।

आक्रमणबाट हालसम्म ४ जनाको मुत्यु भइसकेको छ । प्रहरीको प्रयासको बावजुद पनि आक्रमण जारी छ । अफगानिस्तानको आन्तिरक मामिला मन्त्रालयको अनुसार घटनामा स्थलमा तुरन्तै प्रहरी पठाइएको थियो । प्रहरीले आमक्रण रोक्ने कोशिस गरिरहेको भएपनि स्थिती अझै नियन्त्रणामा आएको छैन् ।

एक शीख सांसद नरिन्द्र सिंह खाल्सालाई गुरुद्वारा भित्रैबाट एक जना श्रद्धालुले फोन गरेर आक्रमणाको जानकारी दिएका थिए । सांसद खाल्साले जानकारी पाएलगतै प्रहरीलाई खबर गरेका थिए । गुरुद्धारा भित्र करीब १५० जना श्रद्धालुहरु छन् । उनीहरुलाई आत्माघाती हमलाबर तथा बन्दूकधारीहरुले घेरिरहेका छन् ।

इस्लामिक स्टेट अफ इराक एण्ड सिरिया(आइसिस)ले उक्त हमलाको जिम्मा लिएको छ । यसै महिना उक्त समूहले ३२ जनाको ज्यान जाने गरी त्यहाँको अल्संख्यक मुस्लिम समुदाय सियामाथि आक्रमण गरेका थियो । अफगानिस्तानमा शीख समुदाय पनि अल्पसंख्यक छन् । अफगास्तिानमा इस्लामिक अतिवादीहरु अल्पसंख्यकमाथि समय समय गर्दैआएका छन् ।

यसरी विश्व नै कोरोनाको चपेटमा परेको बेला पाकिस्तान समर्थित आइसिसलगायतका आतंककारी संस्थाहरुले हमला जारी रहनु अमानवीय भएको भन्दै चौतर्फीहरु आलोचना भईरहेको छ । हाल कारोना विरुद्धको लडाईँमा सम्पूर्ण विश्व नै एकजुट भएको बेला पाकिस्तानले आतंकवादी संस्थाहरुलाई पुर्‍याइरहेको सहयोग तुरुन्तै रोक्नुपर्ने आवाज उठेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ३ : १४ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र